

-
भीमदत्तनगर । चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत चार वर्षदेखि बगरमा अलपत्र अवस्थामा रहेको छ ।
“नेपाल र भारतका सीमा सुरक्षाकर्मी यहाँ आएर सीमास्तम्भको निगरानी राख्ने गरेको भए पनि मर्मतका लागि कसैको ध्यान पुगेको छैन”, बगर छेउमै बालुवा छान्दै गरेकी खल्लामसेटीका स्थानीय विमला महताले रासससित भन्नुभयो, “सीमास्तम्भ बालुवाले ढाकिने अवस्थामा पुगिसक्यो ।” स्थानीयवासी भने सीमास्तम्भको जीर्णोद्धार नहुँदा सीमा छुट्याउनै सकस पर्ने बेला आरइरहेकोप्रति चिन्तित छन् ।
“दार्चुलामा बाढीले धेरै नोक्सान पु¥याएको र गत साल आएको महाकाली बाढीले यो सीमास्तम्भ ढालेको हो”, खल्लामसेटीका गणेशबहादुर रोकायाले भन्नुभयो, “अरुबेला वास्ता नगर्ने भूमि अतिक्रमण हुँदा मात्रै आवाज उठाउने हाम्रो बानी नै भइसक्यो ।” उहाँले स्थानीय प्रशासनको पहलमा भए पनि भारतीयसित समन्वय गरेर सीमाजस्तो संवेदनशील विषयको संरक्षण समयमै गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी बल ब्रह्मदेवका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले कञ्चनपुरको सिमानामा पर्ने ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनार हुँदै भीमदत्त नगरपालिका–११ भुजेलसम्म पाँच वटा मुख्य सीमास्तम्भ नै नभएको बताउनुभयो । “मुख्य सीमास्तम्भ नं ८१३ ढलेको अवस्थामा छ”, उहाँले भन्नुभयो, “त्योभन्दा माथि उत्तरतर्फ मुख्य सीमास्तम्भ ८१४, ८१५ र ८१६ छैनन् ।” उहाँले उक्त तीन वटा मुख्य सीमास्तम्भसहित सात वटा सहायक गरी उक्त क्षेत्रमा १० वटा सीमास्तम्भ नै हराइरहेको बताउनुभयो ।
“हाम्रो प्रविधिले हेर्दा त्यहाँका मुख्य तीन वटा सीमास्तम्भ महाकाली नदीको पानीमा पर्छ”, सशस्त्र प्रहरी निरीक्षक खनालले भन्नुभयो, “हामीले यहाँको सीमा क्षेत्रको सबैखाले अपडेट केन्द्रमा पठाइरहेका छौँ ।” त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकाली नदीमा मुख्य सीमास्तम्भ नं ८११ लामो समयदेखि हराइरहेको छ । स्थानीयवासी र सशस्त्र प्रहरी बलको रेकर्डमा उक्त सीमास्तम्भ महाकाली नदीको तटबन्धभन्दा पर (टनकपुर क्षेत्र) मा पर्छ तर भारतीय पक्षले भने महाकाली नदीको तटबन्धभन्दा करिब ६० मिटर वर (नेपालतर्फ) दाबी गर्दा यहाँ धेरै पटक विवाद भएको छ ।
सोही क्षेत्रमा गत वर्ष भारतीय पक्षले सडक कालो पत्रे गर्ने क्रममा विवाद भएको थियो । स्थानीय प्रशासनले दुवै देशको सर्वे टोलीको निर्णयपछि मात्रै सडक कालोपत्रे अगाडि बढाउने सहमतिपछि भारतीय पक्षपछि हटेको थियो । “सो क्षेत्रमा भारतीय पक्षले स्थानीय खडक सार्कीलाई घरसमेत बनाउन दिएको अवस्था छैन”, उहाँले भन्नुभयो, “ब्रह्मदेव क्षेत्रमा सीमास्तम्भ नहुँदा नै नेपाल–भारतबीच समय समयमा विवाद हुने स्थिति बन्छ ।” सशस्त्र प्रहरीका अनुसार यहाँको मुख्य सीमास्तम्भ ८१० (२) काठको बनाइएको छ भने भुजेलामा केही वर्षअघि मुख्य सीमास्तम्भ ८०५ महाकाली नदीमा आएको बाढीले बगाएको थियो । “दुवै देशका सर्वे टिम आएर सीमा मर्मत तथा स्पष्टसित छुट्याउन सके यहाँ समस्या नै हुँदैन ।” खनालले भन्नुभयो, “सीमास्तम्भ नभएको क्षेत्रमा बेलाबखत लफडा परिरहेको देखिन्छ ।”
त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नबास, बेलौरी र बेल्डाँडी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रका केही स्थानमा पनि सीमा विवाद रहँदै आएको छ । रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



