

-
कञ्चनपुर । नश्ल सुधार गरिएका गाईभैँसीले दूध बढी दिने भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पशुपालक किसान कृतिम गर्भाधानप्रति आकर्र्षित भएका छन् ।
चालु आवको तीन महिनाको अवधिमै १८४ गाईभैँसीमा कृतिम गर्भाधान गरिएको छ । नगरपालिकाको पशु विकास शाखाका अधिकृत नारायणदत्त भट्टका अनुसार साउन, भदौ र असोज महिनामा गरी गाई ११४ र ७० वटा भैँसीमा कृतिम गर्भाधान गरिएको छ । गत आवमा भने गाई एक हजार ५० र भैँसी ५०० मा कृतिम गर्भाधान गरिएको थियो ।
कृतिम गर्भाधान गरिएका गाईमा ६० देखि ७० प्रतिशत र भैँसीमा ४० देखि ४५ प्रतिशतसम्म गर्भ रहने गरेको अध्ययनले देखाएको अधिकृत भट्टको भनाइ रहेको छ । “कृतिम गर्भाधान गराउने कार्य तीव्र रुपमा हुन थालेपछि दूधको उत्पादनमा समेत वार्षिक रुपमा छ दशमलब ५ प्रतिशतका दरले वृद्धि हुँदै गएको छ” भेटेरेनरी अधिकृत रामप्रसाद भट्टले भन्नुभयो ।
गाईमा कृतिम गर्भाधान गराउँदा जर्सी, होलेस्टिन र भैँसीमा मुर्राको सिमेन राख्ने गरिएको छ । स्थानीय जातका गाईभैँसीको नश्ल सुधार गरी दुग्ध उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्य पशु विकास शाखाको रहेको छ । उन्नत नश्लका गाईभैँसी उत्पादन हुन थालेपछि व्यावसायिक रुपमा गाईभैँसीका फर्म खोल्नेहरुको सङ्ख्याप्रति वर्ष बढ्दो रुपमा रहेको छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
नेपालमा ५७ वटा देशको साढे २ खर्ब..
बुधबार, अशोज १०, २०८० -
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा चार जनाको..
बुधबार, अशोज १०, २०८० -
यस्तो रहनेछ आजको मौसम
बुधबार, अशोज १०, २०८०
-
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
सुन आयातको कोटा बढ्याे, दैनिक २० किलो..
बुधबार, अशोज १०, २०८० -
नेपालमा ५७ वटा देशको साढे २ खर्ब..
बुधबार, अशोज १०, २०८० -
एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा चार जनाको..
बुधबार, अशोज १०, २०८० -
यस्तो रहनेछ आजको मौसम
बुधबार, अशोज १०, २०८०
-
१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई जना..
शुक्रबार, अशोज ५, २०८० -
काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख..
सोमवार, अशोज ८, २०८० -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, अशोज ६, २०८० -
चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा..
सोमवार, अशोज १, २०८० -
प्रधानमन्त्री दाहाल न्यूयोर्कमा
आइतवार, भदौ ३१, २०८०