

-
कञ्चनपुर । नश्ल सुधार गरिएका गाईभैँसीले दूध बढी दिने भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पशुपालक किसान कृतिम गर्भाधानप्रति आकर्र्षित भएका छन् ।
चालु आवको तीन महिनाको अवधिमै १८४ गाईभैँसीमा कृतिम गर्भाधान गरिएको छ । नगरपालिकाको पशु विकास शाखाका अधिकृत नारायणदत्त भट्टका अनुसार साउन, भदौ र असोज महिनामा गरी गाई ११४ र ७० वटा भैँसीमा कृतिम गर्भाधान गरिएको छ । गत आवमा भने गाई एक हजार ५० र भैँसी ५०० मा कृतिम गर्भाधान गरिएको थियो ।
कृतिम गर्भाधान गरिएका गाईमा ६० देखि ७० प्रतिशत र भैँसीमा ४० देखि ४५ प्रतिशतसम्म गर्भ रहने गरेको अध्ययनले देखाएको अधिकृत भट्टको भनाइ रहेको छ । “कृतिम गर्भाधान गराउने कार्य तीव्र रुपमा हुन थालेपछि दूधको उत्पादनमा समेत वार्षिक रुपमा छ दशमलब ५ प्रतिशतका दरले वृद्धि हुँदै गएको छ” भेटेरेनरी अधिकृत रामप्रसाद भट्टले भन्नुभयो ।
गाईमा कृतिम गर्भाधान गराउँदा जर्सी, होलेस्टिन र भैँसीमा मुर्राको सिमेन राख्ने गरिएको छ । स्थानीय जातका गाईभैँसीको नश्ल सुधार गरी दुग्ध उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्य पशु विकास शाखाको रहेको छ । उन्नत नश्लका गाईभैँसी उत्पादन हुन थालेपछि व्यावसायिक रुपमा गाईभैँसीका फर्म खोल्नेहरुको सङ्ख्याप्रति वर्ष बढ्दो रुपमा रहेको छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३



