

अरुलाई सतर्क गराउने सतर्कता केन्द्र आफै बिरामी
ल्याबका निम्ति सहसचिव र उपसचिव तहका १० जना प्राविधिक कर्मचारी कार्यरत छन् । तर, तिनले केही परीक्षण गर्न र सोको रिपोर्ट दिनसमेत सकेका छैनन् । ब्रिफिङका लागि ठ्याक्कै सामुन्नेको भवनमा प्रधानमन्त्रीको समय माग्दा मुख्यसचिवलाई ब्रिफिङ गर्नुपरेको छ । यसका प्रमुख माधव बेल्बासे, इञ्जिनियर हुन् । सिञ्चाईं विभागमा महानिर्देशक भएर काम गरिसकेका । यो संस्थाको न आफ्नो भवन छ, न राम्रोसँग काम गरेर देखाउन पाएको छ । पहिला–पहिला सरकारी स्कुलका विद्यार्थी बेञ्च जोडेर बस्नेजस्तो नौ–दश जना एटै कोठामा कोच्चिने अवस्था छ ।
-
काठमाडौं ।
कर्मचारीले नामै सुन्दा झसंग होइने निकाय हो– राष्ट्रिय सतर्कता केन्द्र । गृहअन्तर्गत थियो । प्रहरी र अनुसन्धान विभागका कर्मचारीलाई समायोजन गरेर विभिन्न कार्यालयका भद्रगोलमाथि निगरानी गर्ने निकाय हो यो । योसँग एउटा ल्याब छ । किनेर ल्याएको एक वर्ष भयो । त्यसले कुनै पनि कामको वैज्ञानिक परीक्षण गरेर गुणस्तर पहिल्याउँछ ।
साँच्चै इमान्दारिता देखाउने हो भने केन्द्रका रुपमा हैन, अलग्गै विभागका रुपमा काम गराए हुन्छ । मानौँ, पिच बनेको छ । तर, त्यसमा कति अलकत्रा, कति गिटी र बालुवा मिसाइयो ल्याब परीक्षणबाट थाहा हुन्छ । र, अनियमितताको पोल पनि खुल्छ । यस्तो महŒवपूर्ण निकायको बेहाल कस्तो भने भूकम्पले सिंहदरबारभित्र रहेको प्रहरी किताबखानासँगैको भवन भत्कायो । यसका लागि अलग्गै अत्याधुनिक भवन बनाउने काम भयो, राष्ट्रिय अनुसन्धान विभागसँगै । बन्यो पनि ।
तर, त्यहाँ गएर ढसमस्स बस्यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय । अहिले शिक्षा मन्त्रालय मुन्तिरको भुँइतलामा काम चलाइएको छ । ल्याबका निम्ति सहसचिव र उपसचिव तहका १० जना प्राविधिक कर्मचारी कार्यरत छन् । तर, तिनले केही परीक्षण गर्न र सोको रिपोर्ट दिनसमेत सकेका छैनन् । ब्रिफिङका लागि ठ्याक्कै सामुन्नेको भवनमा प्रधानमन्त्रीको समय माग्दा मुख्यसचिवलाई ब्रिफिङ गर्नुपरेको छ । यसका प्रमुख माधव बेल्बासे, इञ्जिनियर हुन् । सिञ्चाईं विभागमा महानिर्देशक भएर काम गरिसकेका । यो संस्थाको न आफ्नो भवन छ, न राम्रोसँग काम गरेर देखाउन पाएको छ । पहिला–पहिला सरकारी स्कुलका विद्यार्थी बेञ्च जोडेर बस्नेजस्तो नौ–दश जना एटै कोठामा कोच्चिने अवस्था छ ।
त्यसमाथि कर्मचारी खटाउने ताल हेर्दा झन् उदेक लाग्छ । रेल्वे विभागका अनन्त आचार्य एक वर्षदेखि थन्किएर त्यहाँ बसेका छन् । विकास निर्माणको गड्बडी हेर्ने ठाउँ भनेर गए, तर आफैँ गड्बडीमा परेर बस्नुपरेको छ । एक महिनामा अवकाश पाउँदैछन् । उनीअघि विष्णुराज लामिछानेले असार १ गते अवकास पाए ।भर्खरै नुवाकोटबाट सिडिओ उद्धवबहादुर थापालाई ल्याएर राखिएको छ । उनी पनि दुई–तीन महिनामा घर जाँदैछन् । अर्थात्, सतर्कता केन्द्र घर पठाउनेलाई राख्ने ठाउँ भएको छ । प्रशासनतर्फका सचिव, सहसचिव जान मान्दैनन् । किनभने, त्यो मालदार ठाउँ परेन । कूल एक सय २५ कर्मचारी झिँगा मारेर बस्न बाध्य भएको जनआस्थाले लेखेको छ ।
News Desk 0 response बुधबार, असार २५, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



