

-
कर्मचारीमा लोकसेवा पास गरेपछि मैले सबैथोक जानेँ भन्ने भ्रम छ । नयाँ कुरा सिकौं र नयाँ ढंगले कार्य सम्पादन गरौं भन्ने भावना कम भयो । पुरातनपन्थी सोच राख्दा रचनात्मक काम हुन सकेन । प्रविधिको विकाससँगै गर्नपर्ने क्षमता विकासमा राज्यले लगानी गरेन ।
मेरो पालामा पनि राजनीतिक हस्तक्षेप नभएका होइनन्, तर त्यसलाई व्यवस्थापन गर्ने क्षमता थियो । अहिले जनताको हित प्रतिकुल हुने, ऐन कानुनले नदिने काम म गर्दिनँ, तपाई पनि नगर्नुस् भन्न सक्ने अवस्था रहेन । आफ्नो दल, गुट, भरसक नातागोता खोजेर लैजाने प्रवृति बढेकाले फरक विचार वा बिमती राख्ने गुन्जायस नै छैन । बिमती राख्ने कर्मचारी कि सरुवा जान्छ कि त कारबाहीमा पर्छ ।
सेवामुखी प्रशासनद्वारा जनतालाई सुविधा दिने, विकास गर्ने राजनीतिक नेतृत्वको नम्बर एक एजेण्डा हुनुपर्छ । शासनमा सुधार नल्याएसम्म विकास हुँदैन, जनताले सेवा पाउँदैनन् र सरकारको छाबी बिग्रन्छ ।
तर, यो एजेण्डा ओझेलमा परेको छ । सुधारको दुई(चार शब्द नीति तथा कार्यक्रममा परेको छ । यस्तै मुस्किलले केही शब्द बजेटमा पर्ला । यसले शासन सञ्चालकहरुको मनोवृत्तिमा परिवर्तन नआउने देखाउँछ ।
शासन सुधार्ने भनेको राजनीतिक सुधारले हो । राजनीतिक नेतृत्व गुण्डा र पैसाले चुनाव जितेर आउँछन् । त्यसरी आएको नेतृत्वको अभिष्ट नै अर्को हुन्छ । यो स्रोतबाट यति पैसा उठाएँ, यति खर्च गरेर चुनाव जितेँ भन्ने हिसाब आजसम्म कसैबाट आएको छैन ? त्यो थाह पाएका कर्मचारीले कसरी कार्यसम्पादन गर्लान् ?
शासन सत्ता भनेको प्रहरी, अदालत, प्रादेशिक र स्थानीय सरकार सबै हुन् । सबैमा सुधार नगरी प्रशासन सुधार हुँदैन । निर्वाचन पद्धतिमा सुधार र राजनीतिक दलको खर्चमा पारदर्शीता प्रशासनिक सुधारको पहिलो शर्त हो । मूल नै फोहोर राखेर अरुतिर सफा खोजेर हुँदैन ।
News Desk 0 response सोमवार, जेष्ठ १३, २०७६
(अनलाईनखवरमा ब्यक्त अंश )

सम्बन्धित शीर्षकहरु
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
सोमवार, फाल्गुन ४, २०८२
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



