

तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको निर्णय
विश्व तेल बजारमा बढ्दो दबाब र अस्थिरता नियन्त्रण गर्ने उद्देश्य
-
तेल उत्पादक देशहरूको सङ्गठन ‘ओपेक प्लस’का सदस्य देशहरूले विश्व बजारमा आपूर्ति हुने तेल उत्पादनको कोटा बढाउने निर्णय गरेका छन् । तेल बजारमा बढ्दो दबाब र अस्थिरता नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको बीबीसीले जनाएको छ ।
यसमा साउदी अरब र रूस सहित अन्य ५ वटा सदस्य देशहरू सामेल छन् । सात वटा प्रमुख तेल उत्पादक देशहरूले आउँदो जुन महिनादेखि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने घोषणा गरेका छन् । यो निर्णय मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण तेलको मूल्यमा परेको असरलाई सन्तुलनमा राख्ने प्रयासका रूपमा हेरिएको छ ।
ओपेक प्लसले निकालेको विज्ञप्तिमा विश्व बजारमा स्थिरता कायम गर्न सदस्य देशहरूबीच सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख छ । यो निर्णयअघि हिजो अल्जेरिया, इराक, कजाखस्तान, कुवेत, ओमान, रूस र साउदी अरबबीच अनलाइन बैठक भएको थियो ।
यसअघि मार्च र अप्रिल महिनामा पनि ओपेक प्लसले दैनिक झण्डै २ लाख ६ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने निर्णय गरेको थियो, जसकै निरन्तरता स्वरूप नयाँ उत्पादन वृद्धि घोषणा गरिएको विश्लेषकहरूको भनाइ छ ।
उता संयुक्त अरब इमिरेट्स (यूएई)ले भने हालै ओपेक समूहबाट बाहिरिने घोषणा गरेको छ । मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीचको तनावका कारण विश्व ऊर्जा बजारमा अनिश्चितता बढिरहेका बेला यूएईले यस्तो निर्णय लिएको हो । यूएई बाहिरिएसँगै ओपेक समूहको संरचनामा समेत परिवर्तन आएको छ ।
News Desk 0 response सोमवार, बैशाख २१, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



