

-
काठमाडौं : काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति झन्डै ९९ प्रतिशत पूरा भई सञ्चालनका लागि हस्तान्तरण गर्ने तयारी भएको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए।
सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ कम्पनी युसिन–एआरटी जेभीलाई ५ वर्षको ठेक्का दिइएको छ । ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा विभिन्न कारणले चार पटक म्याद थपिँदा थप ३६ महिना समय लागेको उनको भनाइ छ । झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमानमध्ये १६ अर्ब निर्माण र ६ अर्ब जग्गा अधिग्रहणमा खर्च भएको छ भने वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ ।
२ दशमलव ६८८ किलोमिटर लामो यस सुरुङमार्गमा दुई वटा छुट्टाछुट्टै सुरुङ निर्माण गरिएका छन् — एउटा गाडी आवतजावतका लागि र अर्को आपत्कालीन उद्धारका लागि । दुवै सुरुङ हरेक ३७५ मिटरमा आपसमा जोडिएका छन् । मुख्य सुरुङ ११ मिटर चौडा रहेको छ जसमा दुई लेन र बीचमा डेढ मिटरको दूरी छुट्याइएको छ ।
सुरुङमार्ग सञ्चालनपछि वार्षिक झन्डै ३५ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान छ ।
News Desk 0 response सोमवार, बैशाख २१, २०८३

सम्बन्धित शीर्षकहरु
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



