

-
काठमाडौं : नेपालको पर्वतारोहण तथा पदयात्राको मुख्य सिजन अप्रिल महिनामा पर्यटक आगमनमा ७ प्रतिशतभन्दा धेरैले घटेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको अप्रिलमा १ लाख ७ हजार ९३४ जना पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् ।
यो सङ्ख्या गएको वर्षको अप्रिलको तुलनामा ७।३ प्रतिशतको गिरावट हो । सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० जना पर्यटक भित्रिएका थिए ।
अप्रिल महिनामा सबैभन्दा धेरै भारतबाट २५ हजार १९६ जना, दोस्रोमा चीनबाट ११ हजार ७२२ जना र तेस्रोमा अमेरिकाबाट ८ हजार ७२४ जना पर्यटक नेपाल आएका छन् ।
सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ जना पर्यटक आएका थिए । त्यसपछि कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्र प्रभावित भएकोमा सन् २०२२ पछि सुधार हुँदै गएको वर्षको अप्रिलमा सन् २०१९ को अप्रिलभन्दा पनि धेरै पर्यटक नेपाल आएका थिए ।
यो वर्ष मध्यपूर्व युद्धका कारण पर्यटकको सङ्ख्या पुनः घटेको हो । युद्धका कारण हवाई सेवामा अवरोध, मूल्यवृद्धि, सुरक्षा चिन्ता लगायतका कारण पर्यटकको सङ्ख्या घटेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
News Desk 0 response सोमवार, बैशाख २१, २०८३

सम्बन्धित शीर्षकहरु
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३



