• ६८ औं मिस वर्ल्ड प्रतियोगिताको मल्टिमिडिया अवार्डका लागि जारी भोटिङमा नेपालकी श्रृंखला खतिवडाले भारी अग्रता हासिल गरेकी छन् । सर्वाधिक भोट ल्याएर मल्टिमिडया अवार्ड जितेको खण्डमा उनी सिधै क्वार्टरफाइनल (टप ३०) मा पुग्नेछिन् ।

    मिस वर्ल्डमा नेपालले लगातार सहभागिता जनाइरहे पनि कुनै उपलब्धी हासिल गर्न सकेको छैन । यसपालि श्रृंखलाबाट केही आशा गरिएको छ । हालसम्मका मिस नेपालहरुमध्ये उनी अब्बल मानिएकी छन् । २३ वर्षीया श्रृंखला राजनीतिक परिवारमा जन्मेकी हुन् । उनका पिता विरोध खतिवडा र आमा मनु सिग्देल दुवै सांसद सदस्य छन् ।