

नागरिकतामा उमेर सच्याउने अधिकार सीडीओलाई
राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवाद आईरहँदा यसले शंका थपेको छ
-
काठमाडौं । सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्याउन मिल्ने गरी नागरिकता ऐन संशोधन प्रस्ताव दर्ता गरेको छ । सुरुमा नागरिकता प्रमाणपत्र जारी भएको एक वर्षभित्र उमेर सम्वन्धि त्रुटि सच्याउन मिल्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ ।
News Desk 0 response बुधबार, भदौ ६, २०७५
विधेयकले नागरिकता प्रमाणपत्रमा उल्लेखित थर वा शैक्षिक योग्यताको प्रमाणपत्र अनुसार त्रुटि हुन गएमा सच्याउन पाउने व्यवस्था प्रस्तावित नागरिकता ऐन संशोधन विधेयकले गरेको छ । उमेर विवादमा भने प्रमाणपत्र जारी भएको एक वर्षभित्र सच्याउन निवेदन दिनुपर्नेछ ।
मूल ऐनको दफा १७ को उपदफा १ मा खण्ड थप गर्दै सरकारले प्रमाणपत्र जारी भएको एक वर्षभित्र निवेदन दिन सक्ने व्यवस्था गरेको हो । प्रस्तावित विधेयकमा ‘उमेर सच्याउन चाहने व्यक्तिले नागरिकताको प्रमाणपत्र जारी भएको मितिले एक वर्षभित्र सम्बन्धित अधिकारीसमक्ष निवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।
नागरिकता लिइसकेको अवस्थामा लिङ्ग परिवर्तन गर्ने निवेदन आएमा सबुद प्रमाण बुझी नयाँ नागरिकता दिनसक्ने व्यवस्था प्रस्तावित विधेयकमा गरिएको छ । विवाह तथा सम्बन्ध विच्छेद पछि नयाँ थर कायमका लागि परेको निवेदनमा पनि प्रमाण अनुसार पुरानो नागरिकता रद्द गरी नयाँ दिन सकिने व्यवस्था गरिएको छ ।


सम्बन्धित शीर्षकहरु
-
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९
-
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९ -
बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि…
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९