

-
काठमाडौं ।
ग्यास्ट्रिकलाई नेपालमा राष्ट्रिय रोगको संज्ञा दिइएको छ । यसको अर्थ हो, हरेक नेपालीमा यो रोग छ ।
खासमा, ४० वर्षभन्दा बढी उमेरका मानिसलाई मात्र यो रोग लाग्नुपर्ने हो । तर, अहिले सबै उमेरमा यसको समस्या देखिने गरेको छ । त्यसैले त हो, यसलाई राष्ट्रिय रोग संज्ञा दिइएको ।
वाकवाकी लाग्ने, पेट पोल्ने, पेट फुल्ने, तन्केकोे महशुुस हुने र खाना खाइसकेपछि अमिलो डकार आउने, छातीमा दुखाइ र कहिलेकाहीं फुलेको महशुस हुन्छ ।
तर, सबै पेट दुखाइको कारक ग्यास्ट्रिक हुँदैन । खानाको सन्तुलन नमिल्दा पनि पेट दुख्छ ।
पेटमा एसिड हुन्छ, जसले पाचन प्रणालिमा सहयोग पुर्याउँछ । पेटमा एसिडिटीको मात्रा बढी हुँदा ग्यास्ट्रिकको समस्या आउने हो । त्यसका कारण पेट र सानो आन्द्रामा घाउ हुन्छ, जसका कारण अल्सर पनि हुने गर्छ ।
बजारमा पाइने चक्की या तरल औषधिले एसिड नियन्त्रण गर्छन् । र, केही समय आराम महशुस हुन्छ ।
जंकफुडको अधिक प्रयोग
अहिले चाउचाउ र दालमोठलाई नियमित खाजाका रूपमा लिइन्छ । अधिक मात्रामा यस्ता जंकफुड प्रयोग गर्नाले ग्यास्ट्रिक र अल्सर हुने सम्भावना बढी हुन्छ ।
ग्यास्ट्रिकको लक्षण देखा पर्नासाथ खानेकुरा उसिनेर मात्र खाने, पिरो र चिल्लो खाँदै नखाने तथा मुख बार्दा मात्र ग्यास्ट्रिकको उपचार हुन सक्दैन । के खाने र कसरी खानपानको समय मिलाउने भन्ने ठूलो कुरा हो ।
चिकित्सकीय भाषामा ग्यास्ट्रिकलाई ुएसिड पेप्टिक डिसअर्डरु भनिन्छ । पेट दुख्ने वा हल्का असहज महशुस भएलगत्तै ग्यास्ट्रिक भयो भन्दै अस्पतालतिर दौडिन आवश्यक छैन । पेटसँग सम्बन्धित हरेक रोग ग्यास्ट्रिक हुँदैनन् ।
चिन्ता, तनाव, थकान, सुस्त र कमजोरीको कारक ग्यास्ट्रिक हुन सक्छ । यस्तो अवस्थालाई आईबीएस ुइरिटेबल बावल सिन्ड्रोमु भनिन्छ, जुन प्रायः मानिसमा देखिन्छ ।
ग्यास्ट्रिक र आईबीएस अलग(अलग रोग हुन् । दुवैको लक्षण उस्तै हुने कारणले भिन्नता छुट्याउन सकिँदैन । कहिलेकाहीं आईबीएस हुँदा पनि ग्यास्ट्रिक भएको अनुमान गरिन्छ । र, बिनाजाँचबुझ रोग नै पत्ता नलगाई आईबीएस भएमा पनि ग्यास्ट्रिककै औषधि खाने चलन पनि छ ।
लामो समयदेखि ग्यास्ट्रिकको औषधि प्रयोग गरिरहेका व्यक्तिलाई आईबीएस भएको हुनसक्छ । यी दुवैको उपचार पद्धति फरक छ ।
भोकै बस्ने, दूध चिया धेरै खाने र अमिलो पिरो खाएर दिन बिताउनेहरू प्रायः ग्यास्ट्रिकको शिकार बन्छन् । सही खानपानबाट मात्र ग्यास्ट्रिक र अल्सरबाट बच्न सकिन्छ ।
पेट खाली नराख्ने र ३(४ घण्टाको फरकमा केही न केही खाइरहनुपर्छ । यसो गर्दा पेट फुल्ने, दुख्ने र तन्किने समस्याहरूबाट छुटकारा पाउन सकिन्छ ।
नियमित व्यायाम, सफा र हाइजेनिक खानपानमार्फत् यसबाट बच्न सकिन्छ । समस्या देखिए चिकित्सकको परामर्शमा औषधि सेवन गरेर पनि पार पाउन सकिन्छ ।
ग्यास्ट्रिक र अल्सरका कारणहरू
( धुम्रपान, खैनी, सुर्तिजन्य पदार्थ उच्च मात्रामा प्रयोग गर्नु
( पेन किलर तथा बाथ रोगसँग सम्बन्धित औषधिहरू धेरै सेवन गर्नु
( चटपटे, पानीपुरी, पिरो चाउचाउ र अजिनोमोटो हालिएका खानाहरूको अधिक प्रयोगके खाने रु
गिलो दालभात, प्रशस्त पानी, हरियो सागपात, पोषिला खानेकुरा, स्वच्छ र सफा पानी धेरै मात्रामा खाने ।
के नखाने रु
रातो मासु, सुख्खा खानेकुरा, पिरो र अमिलो अचार, खुर्सानी, अमिलो दही, प्रशस्त तेलमा तारेको माछा र मासु, पकौडा, समोसा, चाउमिन, मःम, मालपुवा, कफी, चकलेट, चना, केराउ, अमिलो कागती, फलफूल, दूध चिया र चिसो पेय पदार्थ कोक, फ्यान्टा, पेप्सीबाट टाढै रहने ।
News Desk 0 response शुक्रबार, जेष्ठ २५, २०७५

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३



