

-
पेरिस : पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगमा आर्सनलमाथि जित हाँसिल गरेको अवसरमा भएको खेलमा हिंसात्मक झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि फ्रान्सका अधिकारीहरूले हिंसा नियन्त्रणका लागि देशभरि ७८० जनालाई पक्राउ गरिएको घोषणा गरेका छन् ।
पिएसजीको जितमा रमाउने र खेलका लागि हजारौँ मानिस पेरिसको सडकमा उत्रिएका थिए । बिजयोत्सवका लागि सडकमा भेला भएका शुभेच्छुकका केही समूह र प्रहरीबिच भीड नियन्त्रणका क्रममा झडप भएको थियो । प्रशासनले गत वर्षको बिजयोत्सबपछिको अशान्तिलाई मध्यनजर गर्दै करिब २२ हजार सुरक्षाकर्मीलाई सडकमा उतारेको थियो ।
कानून प्रवर्तनलाई लक्षित आतिशबाजीको बढ्दो प्रयोग र झडपलाई प्रकाश पार्दै गृहमन्त्री लरेन्ट नुनेजले एक संक्षिप्त पत्रकार सम्मेलनमा भन्नुभयो, “फ्रान्समा ५७ सुरक्षाकर्मी र २१९ जना बिजयोत्सवमा सहभागी व्यक्ति घाइते भएका छन् भने उनीहरू मध्ये आठ जना गम्भीररूपमा घाइते भएका छन् ।”
पेरिसको सरकारी अभियोजनकर्ताको कार्यालयले पेरिसको रिङरोडमा ‘मोटोक्रस बाइक’ दुर्घटनामा एक युवकको मृत्यु भएको घोषणा गरेको छ र राजधानीमा एक व्यक्ति धारिलो हतियारको आक्रमणबाट घाइते भएको र उनको अवस्था गम्भीर रहेको बताएको छ । नुनेजले गत वर्ष पिएसजीको च्याम्पियन्स लिग जितको खुसियालीको तुलनामा यो सङ्ख्या ३२ प्रतिशतले बढी भएको बताए ।
News Desk 0 response आइतवार, जेष्ठ १७, २०८३

सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


