

महालेखापरीक्षकको प्रतिवेदन अनुसार कार्वाही गर्न माग
सचिव एवं सरोकारवालाहरुलाई भेला गरी प्रतिवेदनमा उठाइएका बेरुजुरकैफियतहरूको अध्ययन गरी तोकिएको समयभित्र कार्यान्वयन प्रतिवेदन आफू समक्ष पेस गरिसक्नु भन्ने आदेश दिनु आवश्यक
-
काठमाडौं ।
भ्रष्टाचार विरुद्ध काम गर्ने ट्रान्सफरेन्सी इन्टरनेशनलले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा म भ्रष्टाचार गर्दिन र अरूलाई भ्रष्टाचार गर्न पनि दिन्न भनिरहेको अवस्थामा सार्वजनिक भएको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न माग गरेको हो।
प्रतिवेदनमा सरकारी संयन्त्र अन्तरगत भएका खर्चमा व्यापक रूपमा विकृति र विसंगति देखिएको भन्दै प्रतिवेदनप्रति यस संस्थाको ध्यान आकृष्ट भएको विज्ञप्तिमा उल्लेख छ।
टीआर्इ नेपालले प्रतिवेदन कार्यान्वयन र बेरूजुका सम्बन्धमा सरकारसँग सम्बोधन गर्न समेत माग गरेको छ।
प्रतिवेदनका सुझाबलार्इ छायाँमा पर्न नदिन प्रधानमन्त्रीले प्रतिवेदन कार्यान्वयन गर्न तर्फ ध्यान दिनुपर्ने टीआर्इ नेपालले माग गरेको छ।
प्रतिवेदनले औँल्याएका विषयवस्तुहरूलाई छायाँमा पर्न नदिनका लागि समेत प्रधानमन्त्रीले प्रत्येक मन्त्रालयका सचिव एवं सरोकारवालाहरुलाई भेला गरी प्रतिवेदनमा उठाइएका बेरुजुरकैफियतहरूको अध्ययन गरी तोकिएको समयभित्र कार्यान्वयन प्रतिवेदन आफू समक्ष पेस गरिसक्नु भन्ने आदेश दिनु आवश्यक भएको छ, वक्तव्यमा भनिएको छ, प्रतिवेदनमा लेखिएका विकृति र विसंगतीको नियन्त्रण र निवारणका लागि यस्तो कदम चालिहाल्नुपर्ने भएकोले यस विषयमा तत्काल प्रधानमन्त्रीको ठोस निर्णयको खाँचो छ।
News Desk 0 response सोमवार, बैशाख ३, २०७५

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



