

सुरक्षाकर्मी दुरुपयोग गर्दै बनमन्त्री
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘कारगेड’ (अगुवापछुवा सुरक्षा दस्ता गाडी)सहितको सवारी साधन प्रयोग नगर्ने उनले घोषणा गरेका थिए
-
काठमाडौं ।
गृहमन्त्री भएका वेला अगुवा पछुवा नलिने घोषणा गरेर सस्तो लोकप्रियता कमाउने माओवादी केन्द्रका नेता शक्तिवहादुर बस्नेत अहिले न त उपप्रधानमन्त्री हुन् न त गृहमन्त्री नै । उनी वर्तमान सरकारमा बनमन्त्री मात्र हुन् । तर, उनको झण्डा हल्लिएको गाडीको पछिपछि शसस्त्र प्रहरीको सुरक्षा हरदम रहन्छ । अरु मन्त्री सरहको हैसियत भएका बस्नेतले शक्तिको दुरुपयोग गर्दै शसस्त्र प्रहरीको पछुवा गाडी दौडाई रहेका छन् । हुनत उनी नै सामेल भएको मन्त्री परिषद्ले अनियमित खर्च कम गरेर सुशासन स्थापित गर्ने निर्णय पनि गरेको छ । तर, उनी त्यसलाई ठाडै चुनौती दिदै बा २ झ २२०१ नम्वरको गाडीको पछिपछि ना १ झ १५४३ नम्वरको शसस्त्र प्रहरीले भरिएको भ्यान कुदाई रहन्छन् । त्यसोत उनले प्रहरीका केही जवानलाई घरमा काम गर्न समेत राखिरहेको उनका निकटहरु वताउँछन् ।
गृहमन्त्री भएका वेला भने ‘फण्डा’
मुलुकमा चरम इन्धन संकट भएको भन्दै तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफूले प्राप्त गर्दै आएको सवारी सुरक्षा सुविधा कटौती गरेको वताएका थिए । त्यो समाचार बिभिन्न सञ्चारमाध्यममा छरपष्ट पनि भएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘कारगेड’ (अगुवापछुवा सुरक्षा दस्ता गाडी)सहितको सवारी साधन प्रयोग नगर्ने उनले घोषणा गरेका थिए । तीन वटै सुरक्षा निकायका प्रमुखको बैठकमा सो प्रस्ताव गरेर लागू भएको घोषणा पनि उनले गरेका थिए ।
तत्कालिन गृहमन्त्री बस्नेतले मुलुकले चरम इन्धन संकट ब्यहोरेको र आफूलाई अहिले कुनै पनि सुरक्षा चुनौती नभएकाले प्रहरी र सशस्त्र प्रहरीका दुई वटा अगुवा र पछुवा गाडी कटौती गरिएको समाचार त्यतिवेला खुवै चर्चामा थियो ।
‘राज्यको साधन र स्रोतको खर्च गर्नु जायज नभएकाले सुविधा कटौती गरेको हुँ, तत्काल मलाई सुरक्षा चुनौती पनि छैन, मुलुक संकटमा परेको बेला अनावश्यक रुपमा सुविधा लिने पक्षमा म छैन ।’ तत्कालिन समयमा उनले यस्तो अभिब्यक्ति दिएका थिए । ‘गृहमन्त्री भएका वेला नभएको सुरक्षा चुनौती अहिले बनमन्त्री भएका वेला किन आयो ?’ एक माओवादी नेताले प्रश्न गरेका छन् । ‘पूर्व गृहमन्त्री भएको नाताले सुबिधा लिएको भनिएपनि पहिले गृहमन्त्री भएको वेलामा किन नाटक गरेको नि ?’ ती माओबादी नेताको प्रश्न थियो ।पछिल्लो निर्णय
केही समय अघि प्रदेश प्रमुखहरुले कर्मचारीका साथै सुरक्षाकर्मीको पनि अभाव भएको प्रधानमन्त्री समक्ष गुनासो गरे । सो गुनासो ब्यस्थापनका लागि प्रधानमन्त्री कार्यालयका साथै गृहमन्त्रालय र रक्षामन्त्रालयले अनधिकृत रुममा प्रयोग गरेका सुरक्षाकर्मी तुरुन्त वोलाउने निर्णय गरेको थियो । तर, बनमन्त्री वस्नेतले भने अझै अनधिकृत रुपमा सुरक्षाकर्मी प्रयोग गर्न छोडेका छैनन् । ‘गृहमन्त्री भईसकेको ब्यक्ति जुनसुकै मन्त्रालयको मन्त्री हुन मरिहत्ते गर्ने अनि सोही अनुरुपको सुरक्षाकर्मी प्रयोग गर्ने यो पटक्कै सुहाएन’,माओवादीका स्थायी कमिटीका एक सदस्यले जनप्रशासन संग भने, ‘यो त दुरुपयोग हो नि ।’
त्यसोत पहँुचकै भरमा अवैध तरिकाले प्रयोग गरेको सुरक्षाकर्मी प्रहरी प्रधान कार्यालयले फिर्ता गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ ।अधिकांश उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ सरकारी अधिकारीलगायतले वर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए । फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ चालक छन् । प्रहरीका अनुसार पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, केशवप्रसाद उपाध्याय तथा मीनबहादुर रायमाझीको सुरक्षामा खटिएका अंगरक्षक प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको हो। कांग्रेसकी नेतृ एवं पूर्वउपसभामुख चित्रलेखा यादव, पूर्वमन्त्रीहरु नरहरि आचार्य, रमेश लेखक, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, पूर्वगृहराज्यमन्त्री इन्द्र बानियाँ, पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशी, पूर्वस्वास्थ्यमन्त्री उमाकान्त चौधरी, माओवादीका पूर्वकानुनमन्त्री अजयशंकर नायक, पूर्वसिँचाई मन्त्री उमेश यादव, पूर्वआपूर्ति मन्त्री गणेशमान पुन, पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह, एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्र पाण्डे, पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी र पूर्वभूमिसुधार मन्त्री दिनेश श्रेष्ठ, समाजवादी जनता पार्टीका नेता एवं पूर्वखानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंहलगायतका नेताहरुले गैरकानूनी रुपमा सुरक्षागार्डका रुपमा राखेका प्रहरीलाई फिर्ता गरिएको हो ।
-जनप्रशासन पाक्षिकवाट
News Desk 0 response शनिबार, बैशाख १, २०७५

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



