-
काठमाडौं । सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दीअनुसार मन्त्रालयलाई एकीकृत गर्ने कार्य सुरु गरेको छ।
केही दिनअघि मात्र मन्त्रिपरिषद्ले पुनर्गठित मन्त्रालयका पुनःसंरचनासहितको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयलाई एकीकृत गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए। उनले निजामती किताबखानाबाट स्वीकृत गरिएको दरबन्दीलाई दर्ताका लागि पठाइएको बताए।
‘मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेअनुसारको पुनर्गठित मन्त्रालयको संरचना बनाउने कार्य थालिएको छ’, उनले भने,‘किताबखानाबाट दरबन्दी स्वीकृत गरेर आएपछि चाँडै नै मन्त्रालयलाई एकीकृत गरिने छ।’
मन्त्रिपरिषद् बैठकले २१ वटा मन्त्रालयको सांगठनिक र दरबन्दीको पुनःसंरचना गर्दै २ हजार ६ सय ९४ जनाको दरबन्दी कायम गरेको थियो।
सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २ सय ३३ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सबैभन्दा कम ४६ जनाको दरबन्दी स्वीकृत गरिएको छ।
कूल ३१ बाट २१ मन्त्रालय कायम गरिए पनि मन्त्रालयको काम अझै एकै ठाउँबाट हुन सकेको छैन।
एउटै मन्त्रालयमा पनि दुईभन्दा बढी सचिव र प्रवक्तासमेत हुने गरेका छन्।
प्रवक्ता न्यौपानेले एकीकृत रुपमा मन्त्रालयलाई समायोजन नगरे पनि पहिलेको भएको संरचनाअनुसार मन्त्रालय रहने प्रस्ट पारे। रासस
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०७४

सम्बन्धित शीर्षकहरु
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३