

-
काठमाडौं ।
पुरानो मिति राखेर तीस जना सचिवको कार्यक्षेत्र हेरफेर गरेपछि सत्ता साझेदार दलका मन्त्रीहरु प्रधानमन्त्री केपी ओली संग आक्रोसित भएका छन् । गृहमन्त्री रामवहादुर थापाले आफूलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेका थिए । माओवादी केन्द्रका तर्फवाट सरकारमा सहभागि मन्त्रीहरुलाई शान्त रात्री भोजको आयोजना गरेर गृहमन्त्री थापाले राति ९ बजेदेखि १२ बजेसम्म बैठक गरेका थिए । बैठकमा माओवादी मन्त्रीहरुले प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै उनी भारतबाट र्फकनासाथ ‘अब्जेक्सन’ जनाउने निर्णय गरेको वताईएको छ ।
‘प्रधानमन्त्री केपी ओलीले सचिवहरुलाई मन्त्रीप्रति उत्तरदायी नभई प्रधानमन्त्रीप्रति नै उत्तरदायी बनाउन खोजेको माओवादी मन्त्रीको भनाई थियो । गृहमन्त्रालयमा आफू संग सल्लाह नै नगरी एमालेभक्त प्रेम राईलाई ल्याइएको थापको भनाई छ ।
प्रधानमन्त्री ओलीले भारत जाने बेलामा क्याबिनेटको बैठकै नराखी गलत प्रक्रियाबाट सचिवहरुको सरुवा गरेको माओवादी मन्त्रीहरुको आरोप छ । यसरी एकलौटी ढंगबाट सरकार चल्न नसक्ने भन्दै भेलामा गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेको सहभागी एक मन्त्रीले वताए ।
क्याबिनेटले गरेको निर्णय भन्दै सचिवको सरुवा गरिए पनि बैठकै नडाकी यस्तो कार्य गर्नु गलत परम्परा भएको माओवादी मन्त्रीहरुको गुनासो छ । ओलीको यस्तो एकलौटी कार्यशैली शैह्य नहुने भन्दै गृहमन्त्री थापाले आक्रोश व्यक्त गरेको स्रोतले बतायो ।
सरकारमा रहेका माओवादी नेताहरुले पार्टी अध्यक्ष प्रचण्डलाई यसबारे कुरा राख्ने अनि प्रचण्डले केपी ओलीलाई सम्झाउने तयारी उनीहरुको छ ।
News Desk 0 response शनिबार, चैत्र २४, २०७४


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२