

-
बुटवल ।
चैत्र आठ गते बिहान यातायात व्यवस्था बिभाग अन्तर्गतको सवारी चालक अनुमतिपत्र बितरण लुम्बिनी अञ्चलको कार्यालय बुटवलको सुख्खानगरमा पुग्दा कार्यालयका लेखापाल बिष्णुप्रसाद भट्टराई काममा ब्यस्त देखिन्थे ।
दिउँसो लाइसेन्स नविकरण,नयाँ आवेदनको राजश्व काट्ने कामको बढी चाप भएकाले कार्यालयको अन्य लेखा सम्बन्धि काम समयमा सम्पन्न गर्न गाह्रो परेकाले उक्त कामको व्यवस्थापनको लागि बिहान सातै बजे कार्यालय आउनु परेको सुनाउँदै थिए उनी । यातायात व्यवस्था मन्त्रालयले अनलाइनबाट फारम भर्ने नीति लिए पछि सेवाग्राहीलाइ राहत महसुस भएको र नयाँ आवेदनको चाप अझै बढेको उनी बताउँछन । गत वर्ष फागुन मसान्तसम्म ८ करोड ६३ लाख ६१ हजार पाँच सय राजस्व उठेकोमा यस बर्षको फागुन मसान्त सम्म ९ करोड ७९ लाख ७० हजार पाँच सय राजस्व उठेको भट्टराईले बताए । यता पच्चिस जनाको दरबन्दी रहेको कार्यालयमा सामान्य प्रसासन मन्त्रालयले पुरै कर्मचारी नपठाउँदा अहिले चौध जना कर्मचारीले मात्र काम गर्नु परेको उप सचिव बेदप्रसाद अर्यालले बताए । हाल पच्चिस जनाको दरबन्दीमा शाखा अधिकृत तिन जना मध्ये एकजना मात्र छन् ।
नायब सुब्बाको छ जनाको दरबन्दीमा चार जना र खरिदारको छ जनाको दरबन्दीमा एक जना मात्र काममा छन् । अबको परिस्थिति बिगत जस्तो नभएको र एउटा स्थिर सरकारको आभास भएकाले अबका दिनमा यस्ता समस्याको निरुपण हुनेमा आफु आशावादी रहेको उनी बताउँछन् । आफ्नो भवनको अभावमा व्यक्तिको घर भाडामा लिएर चलाईएको कार्यालयमा सोचे जति काम पनि नसकेको उनी स्वीकार गर्छन् । लगातार नयाँ सवारी चालक अनुमति पत्रको आवेदन खुले पछि ट्रायलमा पनि समस्या भएको छ । आफ्नै फिल्ड नभएका कारण यो समस्या भएको प्राविधिक द्रोण खनालले बताए । नियमानूसार एकपटक फेल हुदा तीन पटकसम्म रिट्रायल दिन पाइने ब्यवस्था छ । ट्राफिक प्रहरीमा पनि थोरै जनशक्ति हुने र त्यसले पनि दुइतिर हेर्नु पर्दा पनि समस्या परेको खनालले बताए । अहिले कार्यालयले आफ्नो भवनको लागी बेलबासमा रहेको जग्गामा सवारी ट्रायलको डिजाइन संगै काम पनि शुरु गरेको छ । ड्राइभिङ्ग संघले बनाएको बुटवल ११ देवीनगरमा रहेको ट्रायल सेन्टरमा ट्रायलको काम भैरहेको छ । भवन निर्माणको लागि भवन डिभिजन कार्यालय भैरहवाले लागत स्टिमेट र डिजाइनको काम गरिरहेकोछ ।
मद्रास सेक्युरिटीले समयमा कार्ड दिएन
यातायात व्यवस्था बिभाग र त्यसको तालुक निकाय मन्त्रालयले ट्रायल पास गरेको तीन महिना भित्र स्मार्ट कार्ड सहितको लाइसन्स सेवाग्राहीको हातमा पारिदिने भनेपनि सुरुको महिना साउनमा फाराम भरेकाले बाहेक त्यसपछि फाराम भरेकाले समयमा स्मार्ट कार्ड सहितको लाइसन्स समयमा पाउन सकेका छैनन् । यसको मूल कारण स्मार्ट कार्डको जिम्मा पाएको भारतको मद्रास सेक्युरिटी अफ्सेट प्रेसका कारण ढिलाई भएको छ ।कार्डको टेन्डर पाएको उक्त प्रेसले समयमा कार्ड उपलब्ध नगराइदिदा समस्या भएको प्रमुख अर्यालले बताएका छन् । उक्त प्रेसबाट ल्याइएका कार्डमा यातायात व्यवस्था बिभागबाट छपाई गरेर सेवाग्राहीलाइ बितरण गर्ने प्रबन्ध मिलाइएको छ ।
ऋषि भट्टराई \ जनप्रशासन पाक्षिक
News Desk 0 response शुक्रबार, चैत्र १६, २०७४

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



