

-
काठमाडौं ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले आफ्नो क्षेत्रकाहरूलाई मात्र आकर्षक कार्यालयमा सरुवा गरेका छन् । पटकपटक चावहिल नापी कार्यालयको प्रमुख भएका सुदर्शन धामीलाई सीमा नापी कार्यालयमा सरुवा गरेका छन् । धनुषा नापी कार्यालयका प्रमुख सुरेश जोशीलाई ललितपुरको प्रमुखमा सरुवा गरेर ल्याएका छन् । ज्ञानेन्द्र विष्टलाई कैलालीबाट भक्तपुर नापी कार्यालयको प्रमुखमा ल्याएका छन् । दयानन्द जोशीलाई बर्दियाबाट कैलाली नापी कार्यालयको प्रमुखमा खटाइएका छन् । भट्टले यसअघि नै प्रकाश जोशीलाई भूउपयोग आयोजनाको प्रमुखमा राखिरहेका छन् । यी सबै भट्टको क्षेत्र सुदूरपश्चिमका हुन् । उनले आफू महानिर्देशक भएपछि क्षेत्रवासीलाई घुस खाएर आफूलाई समेत दिने गरी ती आकर्षक कार्यालयमा ल्याएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४
त्यसैगरी, कलंकी नापी कार्यालयमा अति बदनाम प्रमुख नापी अधिकृत दीपक सापकोटालाई कार्यालय प्रमुखमा राखेका छन् । उनले भूमिसुधार मन्त्रालयको परिपत्र र सर्वोच्च अदालतको फैसलाविपरीत प्रतिआना ५० हजार घुस लिएर कृषियोग्य जग्गा कित्ताकाट गर्दै आएका छन् । सरकारी र विवादित जग्गासमेत दर्ता गर्दै आएका सापकोटा महानिर्देशक भट्टका विश्वासपात्र हुन् । सापकोटाले महानिर्देशक भट्टलाई घुस मात्र होइन, युवतीसमेत मिलाउने गरेको आरोप छ ।
मनमैजु नापी कार्यालयका प्रमुख धु्रव थापा र सर्भेक्षक हरि तिवारीले सरकारी जग्गा दर्ता गर्दै करोडौं रुपैयाँ घुस संकलन गरेका छन् । हरि तिवारी यसअघि घुस लिँदालिँदै पक्राउ परे पनि विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेर पुनः महानिर्देशक गणेश भट्टलाई प्रभावमा पारी पुनः मनमैजुमै सरुवा भएका छन् । भट्टले ५ लाख रुपैयाँ घुस लिएर तिवारीलाई घुसकाण्डमा परिसके पनि पुनः मनमैजुमै पठाएको नापी विभागका अधिकारी बताउँछन् । प्रमुख धु्रव थापा र सर्भेक्षक हरि तिवारीले पछिल्लो समयमा कृषियोग्य जग्गा प्रतिआना ५० हजार लिएर कित्ताकाट गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको आदेश आइसकेपछि पनि थुपै्र कृषियोग्य जग्गा कित्ताकाट गरिसकेका छन् । टोखा नापी कार्यालयका प्रमुख बेचन यादवले पनि ५० हजार प्रतिआना घुस लिँदै कृषियोग्य जग्गा कित्ताकाट गरिसकेका छन् । मनमैजुका धु्रव थापाले सरकारी जग्गा दर्ता गरेको उजुरी अख्तियार रुपैयाँ अनुसन्धान आयोगमा पनि परेको छ । महानिर्देशक भट्टले डिल्लीबजारका मग्नु दत्त, कलंकीका दीपक सापकोटा, चावहिलका मणि रेग्मी, साँखुका भागवत यादव, टोखाका बेचन यादव, मनमैजुका धु्रव थापा, ललितपुरका सुरेश जोशीलगायतसँग मासिक ५ लाखका दरले मन्त्री र सचिवको नाममा घुस लिने गरेका बुधवारले लेखेको छ ।
यसैबीच, नापी विभागका महानिर्देशक भट्टले करारमा राखिएका युवतीहरूलाई रारातालदेखि विभिन्न ठाउँमा घुमाउन लगेको कुराले पनि नापी विभागभित्र हल्लीखल्ली मच्चिएको छ । उनले कतिपय युवतीलाई फ्ल्याट नै लिएर राखेको गाइँगुइँ उनका परिवारसम्मै पुगेको छ ।

सम्बन्धित शीर्षकहरु
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा..
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३ -
इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव..
बुधबार, बैशाख ९, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



