

-
काठमाडौं ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले आफ्नो क्षेत्रकाहरूलाई मात्र आकर्षक कार्यालयमा सरुवा गरेका छन् । पटकपटक चावहिल नापी कार्यालयको प्रमुख भएका सुदर्शन धामीलाई सीमा नापी कार्यालयमा सरुवा गरेका छन् । धनुषा नापी कार्यालयका प्रमुख सुरेश जोशीलाई ललितपुरको प्रमुखमा सरुवा गरेर ल्याएका छन् । ज्ञानेन्द्र विष्टलाई कैलालीबाट भक्तपुर नापी कार्यालयको प्रमुखमा ल्याएका छन् । दयानन्द जोशीलाई बर्दियाबाट कैलाली नापी कार्यालयको प्रमुखमा खटाइएका छन् । भट्टले यसअघि नै प्रकाश जोशीलाई भूउपयोग आयोजनाको प्रमुखमा राखिरहेका छन् । यी सबै भट्टको क्षेत्र सुदूरपश्चिमका हुन् । उनले आफू महानिर्देशक भएपछि क्षेत्रवासीलाई घुस खाएर आफूलाई समेत दिने गरी ती आकर्षक कार्यालयमा ल्याएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४
त्यसैगरी, कलंकी नापी कार्यालयमा अति बदनाम प्रमुख नापी अधिकृत दीपक सापकोटालाई कार्यालय प्रमुखमा राखेका छन् । उनले भूमिसुधार मन्त्रालयको परिपत्र र सर्वोच्च अदालतको फैसलाविपरीत प्रतिआना ५० हजार घुस लिएर कृषियोग्य जग्गा कित्ताकाट गर्दै आएका छन् । सरकारी र विवादित जग्गासमेत दर्ता गर्दै आएका सापकोटा महानिर्देशक भट्टका विश्वासपात्र हुन् । सापकोटाले महानिर्देशक भट्टलाई घुस मात्र होइन, युवतीसमेत मिलाउने गरेको आरोप छ ।
मनमैजु नापी कार्यालयका प्रमुख धु्रव थापा र सर्भेक्षक हरि तिवारीले सरकारी जग्गा दर्ता गर्दै करोडौं रुपैयाँ घुस संकलन गरेका छन् । हरि तिवारी यसअघि घुस लिँदालिँदै पक्राउ परे पनि विशेष अदालतमा सेटिङ गरी मुद्दा जितेर पुनः महानिर्देशक गणेश भट्टलाई प्रभावमा पारी पुनः मनमैजुमै सरुवा भएका छन् । भट्टले ५ लाख रुपैयाँ घुस लिएर तिवारीलाई घुसकाण्डमा परिसके पनि पुनः मनमैजुमै पठाएको नापी विभागका अधिकारी बताउँछन् । प्रमुख धु्रव थापा र सर्भेक्षक हरि तिवारीले पछिल्लो समयमा कृषियोग्य जग्गा प्रतिआना ५० हजार लिएर कित्ताकाट गरेका छन् । उनीहरूले सर्वोच्च अदालतको आदेश आइसकेपछि पनि थुपै्र कृषियोग्य जग्गा कित्ताकाट गरिसकेका छन् । टोखा नापी कार्यालयका प्रमुख बेचन यादवले पनि ५० हजार प्रतिआना घुस लिँदै कृषियोग्य जग्गा कित्ताकाट गरिसकेका छन् । मनमैजुका धु्रव थापाले सरकारी जग्गा दर्ता गरेको उजुरी अख्तियार रुपैयाँ अनुसन्धान आयोगमा पनि परेको छ । महानिर्देशक भट्टले डिल्लीबजारका मग्नु दत्त, कलंकीका दीपक सापकोटा, चावहिलका मणि रेग्मी, साँखुका भागवत यादव, टोखाका बेचन यादव, मनमैजुका धु्रव थापा, ललितपुरका सुरेश जोशीलगायतसँग मासिक ५ लाखका दरले मन्त्री र सचिवको नाममा घुस लिने गरेका बुधवारले लेखेको छ ।
यसैबीच, नापी विभागका महानिर्देशक भट्टले करारमा राखिएका युवतीहरूलाई रारातालदेखि विभिन्न ठाउँमा घुमाउन लगेको कुराले पनि नापी विभागभित्र हल्लीखल्ली मच्चिएको छ । उनले कतिपय युवतीलाई फ्ल्याट नै लिएर राखेको गाइँगुइँ उनका परिवारसम्मै पुगेको छ ।


सम्बन्धित शीर्षकहरु
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८०
-
सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु
बिहिबार, अशोज ४, २०८० -
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशतको..
बिहिबार, अशोज ४, २०८० -
विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् :..
बिहिबार, अशोज ४, २०८० -
शिक्षकहरूको आन्दोलनप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
बिहिबार, अशोज ४, २०८० -
प्राधिकरणले भारतलाई २ महिनामा ५ अर्ब ४३..
बिहिबार, अशोज ४, २०८०
-
सत्तामा बसेर साडे डुक्राइ गर्नेलाई पूर्वसचिवको १०..
बुधबार, भदौ २७, २०८० -
यी हुन् अर्थमन्त्रालयका सरुवामा परेका ५५ अधिकृत,अधिकांश..
बुधबार, भदौ २७, २०८० -
उपत्यकाकै सरकारी स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
बिहिबार, भदौ २८, २०८० -
राजकीय सम्मानका साथ दुई छोराले दिए नेम्वाङलाई..
बिहिबार, भदौ २८, २०८० -
तीनकुने सामूहिक हत्या प्रकरण : दीपेन्द्र राई..
आइतवार, भदौ ३१, २०८०