

-
कुवेत ।
सिन्धुपाल्चोक जिल्लाबाट कुवेत आइ कार्यरत नेपालीहरुको संस्था सिन्धुपाल्चोक सेवा समाज कुवेतको प्रथम सम्पन्न भएको छ । अधिवेशनले बिकास तामाङ गोलेलाई सर्वसम्मतले अध्यक्ष चयन गरेको छ ।
मन वचन र कर्मले सेवा गरौ, सिन्धु विकासको लागी अघि सरौ,न्ने मुल नाराका साथ स्थापना गरीएको उक्त संस्थाले स्थापनाको छोटो कालमै उदाहरणीय काम गर्दै आएको छ। सेप्टेम्बर(१७,२०१७का दिन स्थापित संस्थालाई माधव पौड़ेलको नेतृत्वमा, बृहत भेला आयोजना गरी तदर्थ समिति गठन गरेको थियो ।नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष माधव पौड़ेलको रहेको थियो ।सिन्धुपाल्चोकको बारेमा सबै कुरा समेटेर बनाईएको बृतचित्र प्रदर्शन पनि गरिएको थियो ।
सो अवसरमा नेपाली दूतावासका श्रम सहचारि ज्ञानेन्द्र शर्माले सामाजिक कार्यमा सिन्धुपाल्चोक समाज कुवेतले स्थापनाको छोटो समयमा राम्रो काम गर्दै आएकोमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेले सिन्धुपाल्चोकका विकासका वारेमा धारणा राख्दै समाजले कुवेतको नेपाली समाज संग हातेमालो गर्दै अघि बढ़ने बताए।
समाजलाई सहयोग गर्ने सिन्धुपाल्चोकका लोक गायक डिबि लोप्चन तथा दिल स्याङ्वो र छिमेकी जिल्लाका सुनबहादुर तामाङ, युग लामा, प्रदिम नेपाली लगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा बिभिन्न नृत्य र गायनहरु पनि राखिएको थियो ।
बन्द सत्रले बिकास तामाङ गोलेको अध्यक्षतामा ३५ सदस्य समितिको समेत निर्माण गरेको वन्दशत्रका संयोजक माधव पौडेलले जानकारी दिए ।
नव गठित समिति यस प्रकार छ-
अध्यक्ष-बिकास तामाङ गोले,
उपाध्यक्ष-राम कार्की,
सचिब-राज कुमार श्रेष्ठ,
सह-सचिब(हरी राम श्रेष्ठ,
कोषाध्यक्षस् -रोशन पाख्रिन,
सह कोषाध्यक्ष -निमा तामाङ,
महिला संयोजकस्- कृति माया तामाङ गोले,
सदस्यहरुस्- प्रेम घिसिङ, माया तामाङ, संगिता लोप्चन, सुबास श्रेष्ठ(बी, राम , हरी नेपाल, जनक कुमार लुइँटेल , राज दंगाल, सानू तामाङ ,
प्रमुख संरक्षक- राजेन्द्र बोम्जन तामाङ,
संरक्षकहरु- अर्जुन तामाङ, हरी कृष्ण न्यौपाने, माधव पौडेल, श्याम बहादुर लामा, टेन्डुप शेर्पा, सुवास श्रेष्ठ, प्रदिप कार्की, डि बि लोप्चन, दिल स्याङवो, राम ब घलान लामा, राजु थापा, सुरेश ग्याब्बा तामाङ, सुन बहादुर तामाङ नवराज पराजुली,
सल्लाहाकारहरु- रामकुमार श्रेष्ठ, मणिराम पराजुली, केशब महर्जन, राजन श्रेष्ठ, गुणबहादुर थापा, प्रदीप नेपाली, युग लामा
News Desk 0 response सोमवार, चैत्र ५, २०७४

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाली काँग्रेसको १५औँ महाधिवेशन आजदेखि
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


