• अरुण नेपाल प्रदेश तीनको नयाँ मन्त्री नियुक्त भएका छन् । उद्योग,वन,पर्यटनका बिषयमा काम गर्नेगरी नियुक्त भएका नेपाल सिन्धुपाल्चोक क्षेत्र नम्वर एक अन्तर्गत एक नक्वर प्रदेशवाट बिजयी भएका सांसद हुन् । लामो समय राजनीतिमा कृयाशिल नेपाल नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य पनि हुन् । नयाँ संरचनामा काम गर्नुपर्ने बिषय र चुनौतीका बिषयमा आधारित रहेर नेपालको अनभुव ः
    वन नै विकासका आधार
    नेपालको दिगो विकासमा वन क्षेत्रको महत्वपूर्ण योगदान रहिआएको छ । देशमा रोजगारीको सिर्जना, आयवृद्धि, कृषि र सिँचाइमा समेत वन क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ । वन क्षेत्र कृषि, ऊर्जा, स्वच्छ पानी र औद्योगिक कच्चा पदार्थको स्रोत हो । जैविक विविधताको प्रचूर भण्डार वन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य मात्र नभई बहुसंख्यक जनताको आयआर्जन र जीविकाको प्रमुख स्रोत पनि हो । वन क्षेत्रले कृषि, उद्योग, जलस्रोत, वातावरण र जैविक विविधता संरक्षणका लागि महत्वपूर्ण आधार प्रदान गरेको छ ।

    यसैगरी वनजन्य स्रोतको व्यवसायीकरणबाट गरिबी न्यूनीकरणमा टेवा पु¥याउन र जलवायु परिवर्तनका असरहरूमा कमी ल्याई मानव एवं पारिस्थितिकीय प्रणालीलाई बदलिंदो परिस्थितिसँग अनुकूलन गर्न सहयोग पु¥याउन वन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने देखिन्छ । कृषकलाई वन पैदावारको खेती विस्तारका लागि प्रोत्साहन दिँदै खाली रहेको भू–भागमा वन विस्तार गरी सर्वसाधारणको आयआर्जनमा सुधार आउन सकेमा राष्ट्रिय अर्थतन्त्र विकासमा ठूलो योगदान पुग्नेछ । वन क्षेत्रको संरक्षण, संवद्र्धन एवं व्यवस्थापनमा निजी क्षेत्रलाई समेत संलग्न गराई आयआर्जन तथा रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । जलवायु परिवर्तन न्यूनीकरण, आर्थिक समृद्धि र गरिबी निवारणका लागि कृषि वन खेती विस्तार आवश्यक पर्दछ ।

    नेपालको कूल भू–भागको करिव ४४ प्रतिशत वन क्षेत्रले ढाकेको भए पनि देशको आर्थिक समृद्धिमा उल्लेखनीय टेवा पु¥याउन सकेको छैन । निकासी व्यापारमा दुई प्रतिशतसम्म जडिबुटी र सुगन्धित तेल रहेको छ । त्यो पनि कच्चा पदार्थको रुपमा रहेको छ । नेपालमा आयात हुने ठूलो हिस्सा वनसँग सम्बन्धित वस्तुहरु रहेका छन् । व्यापारिक महत्वका गैरकाष्ठ, जडीबुटी तथा सुगन्धित तेलहरूको रासायनिक विश्लेषण तथा प्रमाणीकरण गरी निकासीमा प्रवद्र्धन गर्न सकिन्छ । एकातिर हाम्रै जङ्गलमा काठ खेर गइरहेका छन् भने अर्को्तिर अर्बौं मूल्य बराबरका काठ विदेशबाट आयात गर्नु परेको छ । फर्निचरहरु चीनबाट आयात हुने गरेको छ भने अन्य काठ मलेसियाबाट र फूल थाइल्याण्डबाट आयात हुने गर्दछ । हाल क्mाठ आयातको मापदण्ड नभएकाले कमसलखालका काठको पनि आयात हुने गरेको तथा त्यससँगै विभिन्न रोगहरु पनि भित्रिने अवस्था रहेकाले काठ आयातसम्बन्धी मापदण्ड तुरुन्त तयार गरी कार्यान्वयनमा ल्याउन ढिला गर्नु हुँदैन ।
    जलाधार, संरक्षित क्षेत्र तथा जैविक विविधताहरुको दिगो व्यवस्थापनमार्फत पारिस्थितिकीय सेवाको प्रबद्र्धन र जलवायु परिर्वतनको अनुकूलन तथा निष्प्रभावीकरणबाट स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गरी गरीबी न्यूनीकरणमा योगदान पु¥याउने खालको राज्यको दीर्घकालीन सोच बन्न सकेका मुलुकको आर्थिक विकासमा वन क्षेत्रले अग्रणि भूमिका खेल्न सक्दछ । त्यस्तै जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण तथा अनुकूलनका उपाय अवलम्बन गर्न नसकिएमा वन क्षेत्रको दिगो विकास र आर्थिक लाभ लिन सकिँदैन ।
    हरियो वन नेपालको धन भन्ने पुरानो मान्यतामा राजनीतिक अस्थिरताको फाइदा उठाउँदै वन तस्करहरुले ठूलो परिणाममा वन फँडानी गरेपछि वनको अवस्थामा निकै ह्रास आएको थियो । वन विनासबाट यसमा आश्रित समुदाय प्रत्यक्ष प्रभावित बन्न थालेपछि उनीहरु नै वन संरक्षणमा क्रियाशील बनेपछि अहिले वनको घनत्वमा बढोत्तरी भएको छ । सन् २०१५ को वन स्रोत सर्वेक्षणअनुसार वनले ढाकेको क्षेत्र कूल भूभागको ३९.६ प्रतिशतबाट बढेर ४४.७ प्रतिशत पुगेको छ । विशेषगरी पहाडी क्षेत्रमा वन क्षेत्रले ढाकेको भूभागमा वृद्धि भएको छ भने झाडी बुट्यानले ढाकेका क्षेत्रहरू वन क्षेत्रमा रूपान्तरित हुनुका साथै वन क्षेत्रबाहिरको भूभागमा समेत वनको वृद्धि भएको छ । यो प्रदेशमा पनि यिनै बिषयका आधारमा काम गर्नु अहिलेको आवश्यकता हो ।
    पर्यटनको विकास

    संघीय व्यवस्थामा गएको नेपालमा अहिले यो व्यवस्था धान्ने गरी स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने बहस चुलिएको छ । खासगरी आर्थिक रूपमा आत्मनिर्भर नभइसकेका प्रदेश र स्थानीय तहलाई लामो समय केन्द्रले नै अनुदान दिर्नुेपर्ने भए संघीयता नै नटिक्ने हो कि भन्ने आशंका पनि सुरू भएको छ । तर प्रदेश २ ले आफूसँग भएको पर्यटकीय प्रचूरतालाई पनि ध्यान दिने हो भने यसबाट मनग्यै लाभ र फाइदा लिन सक्छ ।
    अब ‘अतिथि देवो भव’को मन्त्र जपेर मात्र नेपालमा पर्यटक भित्रिने छैनन् । हामी सबैले आफ्नो दैनिक व्यवहारमा पर्यटकलाई पृथक रूपमा नेपालीपनको सेवा दिने शैलीमा परिवर्तन गर्न जरूरी छ । अब हामीले पर्यटनको पनि संघीय संरचना तयार गर्न सक्नुपर्छ । यसमा जति ढिलाइ हुन्छ, क्षेत्रीय तथा विश्व प्रतिस्पर्धाबाट हामी त्यति नै पछि पर्न सक्छौं ।

    पर्यटन रोजगार

    पर्यटनबाट रोजगारीको अवसर सृजना गर्ने सम्भावनालाई चर्चा गर्दा विभिन्न खालका कार्यक्रमलाई अघी बढाउन सकिन्छ नेपालको प्राकृतिक सास्कृतिक, धार्मीक अवस्थाका कारणले भ्रमण गर्न आएका पर्यटकलाई वसोबासको लागि निर्मित तारे होटल देखि सामान्य होटल गेष्ट हाउसको लागि आवश्यक जनशक्तिलाई आगन्तुक प्रति गरिने स्तरीय व्यवहारको लागि तालिम दिई परिस्कृत जनशक्ति आधुनीक सेवा सुविधा उपलब्ध गराउने मौका प्रदान गरी पर्यटक लोभ्याउने प्रशस्त सम्भावन छन् । सफा, स्वच्छ स्थान र स्तरीय व्यवहार देखि सबै पर्यटक खुसि हुन्छन् ।
    परम्परागत सैली भन्दा आधुनिक शैली आवश्यक छ । जसको तालिम र सोचाइमा परिवर्तन हुन आवश्यक छ । पर्यटकहरु नेपाली परिवार संग संगै वस्न, संगै खान र उनिहरुको दिनचर्यालाई नजिक वाट अनुभव गर्न रुचाउने खालका हुन्छन् । यस्ता अवसर होम स्टे कार्यक्रमबाट प्रदान गर्न सम्भावना हुन्छ । पछिल्ला दिनहरुमा यस्ता कार्यक्रमहरु लोकप्रीय बन्दै गइरहेका छन । यसको प्रचार प्रसार गर्न सकियो भने ग्रामीण वस्तिमा धेरै सकरात्मक प्रभाव पार्न सफल हुनेछ ।
    पर्यटन उद्योगलाई अघि वढाउन पर्यटन सम्बन्धी शिक्षा संग जोडिएर अघि बढाउन पर्छ । होटल व्यवस्थापनको कक्षाहरु अलवा पथ प्रदर्शकको तालिम र व्यवहारीक रुपमा यसको कार्यन्वयन तिर ध्यान जानु आवश्यक छ । खाना तयार गर्ने स्तरीय सेवा दिने र मिठो बोल्ने आदि सेवा ग्राहिको लागि ध्यान दिनुपर्ने विषय पनि हो । यसमा परस्कृत व्यवहार पर्यटक प्रति देखाउनु पर्दछ ।
    पर्यटकहरु केवल घुम्न मात्र आएका हुदैनन् यस ठाउवाट उत्पादित वस्तुहरु चिनोको रुपमा लैजान सवैको चाहन हुन्छन् । यसको लागि उपारका सामाग्री उपलब्ध गराउनको लागि घरेलु उद्योग स्थापना गरी उपहारको लागि आकर्षक वस्तु हरु उत्पादन गरी पर्यटकलाई विक्रि गर्न सकिन्छ । जसले गर्दा उद्यमशिल महिलाहरुलाइ समेत सुनौलो मौका प्राप्त हुनेछ ।
    नेपाल भित्र रहेका प्राकृतिक मनमोहक दृश्य मात्र होइन मानव निर्मीत सम्पदाले पर्यटकलाई मनमोहक बनाएको छ । पुर्खाले निर्माण गरेको सास्कृतिक धरोेहरा वाहेक आधुनिक शैलीका मठ मन्दिर निर्माण गर्न सकियो भने विदेशी पर्यटकलाई मात्र होइन आन्तरीक पर्यटनबाट आर्थिक उपर्जन गर्न सकिन्छ । पर्यटन उद्योगको चुरो वस्तु भनेको प्रचार प्रसार नै हो सामान्य विषयलाइ पनि यसको महत्व बुझाउन चिनाउन सकियो भने हेर्न घुम्न आउनेको संख्यामा अत्याधीक बृद्धि हुन्छ । प्रचार प्रसारको आधुनिक प्रचार सामाग्री र नयाँ प्रविधिले यसले सरल र सहज बनाएको छ भने अर्को तर्फ कडा प्रतिस्पर्धा भने दिन प्रतिदिन वढिरहेको छ । यसक कडा प्रतिस्पर्धाको वावजुत पनि भ्रमणको प्याकेज तयार गरी विभिन्न शैलिले पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।
    नेपालीमा उखान छ बोल्नेको पिठो पनि बिक्दछ नबोल्नेको चामल पनि विक्रि हुदैन, यसैले सुनाउ बुझाउ अनि आगन्तुकलाई आकर्षण गरौँ ।

    उद्योगधन्दा सञ्चालन 

    यो प्रदेशमा वन्द रहेका उद्योगहरु पनि धेरै छन् । तिनीहरुको अध्यनन गर्ने अवको योजना छ । अध्ययन गरेर समस्या पत्ता लगाएर वन्द उद्योग सञ्चालनका संभावना खोज्ने योजना हाम्रो छ । अहिले प्रदेश सरकारको बिभिन्न समस्या भएका कारण तत्काल यो काम गर्न सकिएको छैन । सरकार ब्यवस्थापनको काम हुनासाथ यस्ता काम सुरु गर्ने छौं ।

    कर्मचारी संयन्त्र कुरा

    देशको स्थायी सरकार कर्मचारी प्रशासन हो । यसले सरकार सञ्चालनका कानुनी काम गर्नु पर्छ । कर्मचारी संयन्त्रले समस्या ल्यायो भने पक्कै पनि काम गर्न वाधा हुन्छ । अहिलेको कर्मचारी प्रशासन हेर्दा सरकारलाई पूर्णरुपमा सहयोग गर्ने खालको देखिएको छैन । यसलाई पूर्ण परिवर्तन नगरेसम्म समस्या समाधान गर्न सकिदैन । सवै कर्मचारीलाई त भन्न मिल्दैन तर, धेरै कर्मचारीको ब्यवहार सुधार गर्नु अहिलेको आवश्यकता हो । केन्द्र,प्रदेश र स्थानीयतहको सरकारलाई काम गर्ने वातावारण सिर्जना गर्न पनि वर्तमान कर्मचारीतन्त्रको परिवर्तन आवश्यक छ ।
                                                                                                                                           

                                                                                                                                                                                                                      -जनप्रशासन पाक्षिकवाट