अन्तर्राष्ट्रिय

सुडानमा विस्थापित १३ लाखभन्दा धेरै नागरिक आफ्नो घर फर्किए : राष्ट्रसङ्घ

सुडानमा चलिरहेको द्वन्द्वका कारण विस्थापित भएका १३ लाखभन्दा धेरै नागरिक अहिले पुनः आफ्नै घर फर्किएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । उनीहरूको पुनर्थापना र पुनर्निर्माणका लागि राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई आवश्यक सहयोगको अपिल समेत गरेको अन्तर्राष्ट्रिय...

कम्बोडियासँग युद्ध हुन सक्ने थाइल्यान्डको चेतावनी

थाइल्यान्डले कम्बोडियासँग युद्ध हुन सक्ने चेतावनी दिएको छ । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले थाइल्यान्ड र कम्बोडियाबीच चलिरहेको भयङ्कर द्वन्द्वले ‘युद्ध निम्त्याउन सक्ने’ बताएका बीबीसीले जनाएको छ । यस द्वन्द्वमा अहिलेसम्म कम्तीमा १६ जनाको...

युनेस्कोबाट बाहिरीने अमेरिकाको निर्णय

अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक...

गाजामा कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्यु

गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो ४८ घण्टामा कुपोषणका कारण ३३ जनाको मृत्यु भएको जनाएको छ । कुपोषणका कारण ४८ घण्टामा १२ बालबालिकासहित ३३ जनाको मृत्य भएको मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । सन्...

भारतका उपराष्ट्रपति धनखरले दिए पदबाट राजीनामा

भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने भएको भएकोले डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिएका छन् । उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेका समाचार संस्था एएनआईले जनाएको छ...

गाजामा भोकमरीको अवस्था भयावह, संयुक्त राष्टसङ्घका कर्मचारी समेत भोकै

प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेका संयुक्त राष्टसङ्घको सम्बन्धित निकाय यूएनआरडब्ल्यूएले गाजामा काम गरिरहेका आफ्ना केही कर्मचारीहरू भोकको कठोर पीडामा परेको बताएको छ । संस्थाले भोकका कारण गम्भीर पीडा भोगिरहेको भन्ने मार्मिक सन्देशहरू प्राप्त भइरहेको...