समाचार

अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर

अमेरिकाको लस एन्जलसमा फैलिएको आगो नियन्त्रणबाहिर गएको छ । जङ्गलबाट फैलिएको आगो बस्तीमा आएपछि ठूलो रूप लिएको हो । सरकारले ३० हजार जना मानिसको उद्धार गरेर सुरक्षित ठाउँमा सारेको समाचार संस्था रोयटर्सले जनाएको छ...

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन

नवलपुर : पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेमा रहेको खुर्सानी खोलामा बाक्लो हुस्सु र शीतलहरले सडक चिप्लो भएपछि आवागमन अवरुद्ध भएको थियो ।...

सडक विभागका सब इन्जिनियर बर्खास्त

काठमाडौं : सडक विभाग अन्तर्गत सडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको...

सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी

गण्डकी : कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला...

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह

काठमाडौं : मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा...

आज धेरै ठाउँको मौसम सफा रहने

काठमाडौं : काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले पहाडी भू–भागमा आंशिकदेखि...