समाचार

निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय

काठमाडौं : आगामी निर्वाचनमा नेपाली कांग्रेसले भाग लिने औपचारिक निर्णय गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो।

निर्वाचन आयोगले अस्थायी बसोबास स्थलबाट पनि मतदान गर्न पाउने व्यवस्थाबारे अध्ययन गर्दै

काठमाडौं : निर्वाचन आयोगले अस्थायी बसोबास रहेकै ठाउँबाट पनि मतदानको व्यवस्था मिलाउने प्रयास गरिरहेको बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीको चासोपछि आयोगले आफ्नो मतदान केन्द्रभन्दा टाढा रहेकाहरुले अस्थायी बसोबास भएकै ठाउँबाट मतदान गर्न पाउने...

रुस र युक्रेनलाई आफ्नो शान्ति योजना स्वीकार गर्न ट्रम्पले दिए एक हप्ताको समयसीमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गर्न आफ्नो प्रशासनले प्रस्ताव गरेको २८ बुँदे शान्ति योजना स्वीकार गर्ने समयसीमा तोकेका छन् । उनले एक हप्ता नोभेम्बर २७ तारिखसम्मको समयसीमा तोकेका हुन् । यसैबीच युक्रेनका...

बङ्गलादेशमा ५‍.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ६ जनाको मृत्यु

बङ्गलादेशमा आज बिहान ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहान साढे १० बजेतिर राजधानी ढाकाबाट झन्डै २५ किलोमिटर टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा भूकम्प...

पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १५ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबाद शहरमा रहेको एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण गम बनाउने उद्योगमा विस्फोट भएको देखाएको उद्धार कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै...

चुनाव सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । आज काठमाडौंको पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा बोल्दै उनले आउँदो फागुन २१ गतेको चुनावलाई सफल बनाउन आह्वान गरेका हुन्...