

-
काठमाडौं : राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूले ‘कर्जा प्याकेज’ हरू पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरूबाट बैंकहरूको कर्जाका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरूले त्यस्ता प्याकेजहरू पुनरावलोकन गर्ने बेला आएको बताए ।
गभर्नर पौडेलका अनुसार उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले त्यस्ता प्याकेजहरू डिजाइन गर्नुपर्छ । अहिलेका प्याकेजहरू डिजाइनमा कमजोरी हुँदा प्रभावकारी रूपमा ऋण प्रवाह हुन नसकेको र व्यापक रूपमा बैंकमा पैसा थ्रुपिएको उनको भनाइ छ ।
यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । उनले नेपालकै पूँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताए ।
नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) बनाइएको उनको भनाइ छ । अध्यक्ष ढकालका अनुसार त्यसमा धेरै व्यवसायी समेटेर नेपालकै पूँजी परिचालन गरेर ४०–५० अर्बका परियोजना बनाउन थालिएको छ । ढकालले नेपालमै लगानीको वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको बताए ।
अध्यक्ष ढकालले आमव्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरुरी रहेको उल्लेख गरे ।
News Desk 0 response सोमवार, मंसिर १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


