• काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

    गृहसचिव केदारप्रसाद शर्माले केसीलाई नियुक्तिपत्रसहित दर्ज्यानी चिह्न प्रदान गरेका गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । उनी अवको केही बेरमा पद बहालीका लागि प्रहरी प्रधान कार्यालय नक्साल पुग्नेछन् ।