

-
काठमाडौं : नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६,२७ र २८ गते हुने भएको छ ।
महाधिवेशन कहिले गर्ने भन्ने बारेमा पार्टी भित्र लामो समयदेखि रहेको विवादलाई किनारा लगाउंदै सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशन र पार्टीका विभिन्न निकायहरुको अधिवेशनको मिति तोकेको हो ।
वैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले दिएको जानकारी अनुसार वडा अधिवेशन पुस १६ गते, पालिका अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते गरिने भएको छ ।
त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते गर्ने निर्णय गरेको छ ।
त्यस्तै पार्टीको सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय केन्द्रिय समितिले गरेको छ । साथै नेपाली कांग्रेसले शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।
सोमबार केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो ।
स्मरणरहोस् कांग्रेसको १४ औं महाधिवेशन २०७८ मसिर २४ देखि २८ गतेसम्म भएको थियो। त्यसअनुसार यही मंसिर २३ गते म्याद सकिने भएकोले त्यस अगाडि नै महाधिवेशन गर्नु पर्ने र ६ महिना समय थप गर्नु पर्ने पक्षका बीचमा नेपाली कांग्रेसमा विवाद चर्किरहेको थियो ।
महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा सहितका नेताहरुले समयमै महाधिवेशन हुनु पर्ने माग गर्दै केही महिनादेखि पार्टी संस्थापन पक्षलाई दवाव दिंदै आइरहेका थिए । साथै नियमित महाधिवेशन नगरिए विशेष महाधिवेशन नै भए पनि गर्नु पर्ने भन्दै उनीहरुले बहुमत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसमेत पार्टी कार्यालयमा बुझाएका थिए ।
पार्टी सभापति शेरवहादुर देउवा निकट नेताहरु भने फागुनमा प्रतिनिधि सभाको चुनाव भएकोले त्यसभन्दा अगाडि महाधिवेशन हुन नसक्ने भन्दै बैशाख वा जेठमा महाधिवेशन गर्नु पर्ने अडान लिंदै आएका थिए । तर, पार्टी वैठकले नियमित महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरेपछि त्यसलाई महामन्त्री थापा र शर्माको जीतकोरुपमा लिइएको छ र त्यसले आउंदो महाधिवेशनमा समेत उनीहरुको प्रभाव बढ्न सक्ने सम्भावना देखिएको बताइएको छ ।
News Desk 0 response सोमवार, मंसिर १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


