समाचार

नेपाल एयरलाइन्स डुबाउने खेल भइरहेको भन्दै कर्मचारी आन्दोलित

काठमाडौं : नेपाल एयरलाइन्सका कर्मचारीले आजदेखि संस्था डुबाउने खेल भइरहेको भन्दै आन्दोलन थालेका छन् । वायुसेवा निगमका कर्मचारीले नेतृत्वले संस्था डुबाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका कर्मचारीले संस्थालाई डुबाउने योजना बनाएको...

नक्कली भुटानी शरणार्थी प्रकरण : शमशेर मियाँसहित ३ जनाले बुझाए धरौटी, थुनामुक्त गर्ने प्रकृया सुरु

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनिएका तीन जनाले उच्च अदालत पाटनले तोकेको धरौटी बुझाएका छन् । उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी ३...

नेप्से परिसूचकमा सात दशमलव २९ अङ्कको गिरावट

काठमाडौँ, १७ मङ्सिर : यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३...

मर्दी जाने पदयात्रीबाट एक महिनामै १२ लाख प्रवेश शुल्क संकलन

१७ मंसिर, पोखरा । माछापुच्छ्रे गाउँपालिकाले मर्दी, खुमैं, कोर्चाङ आउने पदयात्रीबाट एक महिनामै १२ लाख रुपैयाँ प्रवेश शुल्क उठाएको छ । गाउँपालिकाले कात्तिक १७ गतेबाट स्वदेशी तथा विदेशीबाट प्रवेश शुल्क उठाउन सुरु गरेको थियो...

नारायणगढ–मुग्लिन सडक : तुइन खोलामा पुल निर्माण गर्न विस्फोटको तयारी

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन विस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ  पुल बनाउनका लागि  डाँडा भत्काउनुपर्ने भएकाले विस्फोट गर्न लागिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड...

अर्थले प्राधिकरणलाई भन्यो- सडक बत्तीको बक्यौता पालिकाबाटै लिनु

काठमाडौं- अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम...