• काठमाडौं : नेपाल एयरलाइन्सका कर्मचारीले आजदेखि संस्था डुबाउने खेल भइरहेको भन्दै आन्दोलन थालेका छन् । वायुसेवा निगमका कर्मचारीले नेतृत्वले संस्था डुबाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

    आन्दोलनमा उत्रिएका कर्मचारीले संस्थालाई डुबाउने योजना बनाएको भन्दै प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीलाई प्रवेश निषेध नै गरेको छ । आन्दोलनरत कर्मचारीले नेपाल वायुसेवा निगम नेपाली जनताको साझा सम्पत्ति भएकाले यसलाई डुब्नबाट रोक्नुपर्ने समेत बताएका छन् ।

    आन्दोलरत कर्मचारीले प्रमुख कार्यकारी अधिकृतलाई हालसम्म कार्यालय प्रवेश गर्न दिएका छैनन् । यसबारे बुझ्न गरिएको सम्पर्कमार्फत नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलसँग कुराकानी हुन सकेन ।