

यस्तो छ, बिम्स्टेक सम्मेलनको कार्यतालिका
प्रधानमन्त्री ओलीले उद्घाटनसँगै २२ मिनेटसम्म आफ्नो मन्तव्य राख्नेछन्
-
काठमाडौं ।
अध्यक्ष राष्ट्रका हैसियतले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक )को चौथो शिखर सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पौने चार बजे काठमाडौंको सोल्टी होटलमा उद्घाटन गर्नेछन् ।
दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागिता जनाउन म्यानमार, भुटान, श्रीलंका भारत बंगलादेश तथा थाइल्यान्डका प्रधानमन्त्रीहरु नेपाल आईसकेका छन् ।
सम्मेलनका लागि परराष्ट्र मन्त्रालयले तय गरेको कार्यतालिका अन्तर्गत प्रधानमन्त्री ओलीले उद्घाटनसँगै २२ मिनेटसम्म आफ्नो मन्तव्य राख्नेछन्।
सोपश्चात् वणानुक्रमानुसार क्रमशः बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डमा राष्ट्रप्रमुखले सम्बोधन गर्नेछन्। उनीहरुका लागि १५÷१५ मिनेटको समय छुट्टाइएको छ।
सबै देशका प्रमुखहरुले सम्बोधन गर्नेगरी औपचारिक कार्यक्रम २ घण्टाका लागि तय गरिएको हो।
सम्मेलनको दोस्रो दिन शुक्रबार बिहान प्रधानमन्त्री ओलीले होटल सोल्टीको पुलसाइडमा सबै राष्ट्रप्रमुखको सम्मानमा ‘रिट्रट’ दिने व्यवस्था मिलाइएको छ। सोपश्चात् बिहान ११ बजेबाट बिम्स्टेकको दोस्रो सत्र सुरु हुनेछ। दोस्रो सत्रको सुरुवातमा ओलीले हस्ताक्षर गर्नुपर्ने समझदारीका बुँदाहरु जानकारी गराउनेछन्।
सम्मेलनमा बिम्स्टेक स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’को समझदारीपत्र (एमओयू)मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्नेछन्।
यसैगरी रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्र सम्बन्धमा सम्मेलनमा छलफल हुने तथा काठमाडौं घोषणापत्र तय हुने मन्त्रालयले जनाएको छ।
अन्त्यमा नेपालले संगठनको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्दै सम्मेलन सकिनेछ।
News Desk 0 response बिहिबार, भदौ १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



