

-
काठमाडौं ।
एक वर्षको अवधिमा कर्मचारीका फरकफरक समूहले विभिन्न देशमा ४ हजार ९ सय १६ पटक भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। घुमन्ते कर्मचारीको रोजाइमा युरोप, अमेरिका र अस्ट्रेलिया परेका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार कर्मचारीका सार्कबाहेक एसियाली राष्ट्रमा १ हजार ५ सय ८७ पटक भ्रमण गरेका छन्। कर्मचारीले युरोपका विभिन्न देशमा ५ सय ५४ पटक भ्रमण गरेका छन्। यस्तै उत्तर अमेरिकी राष्ट्रमा २ सय ५५ र अस्ट्रेलियामा १ सय ६१ पटक भ्रमण गरेका छन्। कार्यालयका अनुसार कर्मचारीले भारतको ९ सय २ पटक भ्रमण गरेका छन्। चीनमा ८ सय ५५ पटक भ्रमण गरेका छन्। यस्तै भारतबाहेकका सार्क राष्ट्रमा ५ सय १४ पटक भ्रमण गरेका छन्। कर्मचारीले अफ्रिकी मुलुकमा ५३ र दक्षिण अमेरिकी राष्ट्रमा ३५ पटक घुमेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
गत आव २०७४÷७५ मा २२ मन्त्रालय, केन्द्रीय निकाय, आयोग र नियोगका गरी ५ हजार ११ कर्मचारीले विदेश भ्रमण गरेका थिए। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र निकायसँग भ्रमणको सम्पूर्ण विवरण मागेर अध्ययन गरिरहेको छ। एक वर्षमा कर्मचारीले ४५ हजार ६ सय ५७ दिन बिदेशमा बिताएको उसको भनाइ छ।
कार्यालयले कर्मचारी गएका देश, भ्रमण संख्या र खर्चको विवरण निकालिरहेको छ। विदेश गएका कर्मचारीको भ्रमण मुलुकका लागि उपलब्धिमूलक भए नभएको विषयमा समेत अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिएको अन्नपूर्णमा छ ।
News Desk 0 response शनिबार, भदौ २, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



