

-
महोत्तरी । इस्लाम धर्मावलम्बीको महान् पर्व इदको तयारीमा रहेका बेला विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् । ज्येष्ठकृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् ।
महोत्तरीसहितका मिथिला क्षेत्रमा इस्लाम धर्मावलम्बी अहिले एकमहिने रमदान व्रत (रोजा) मा छन् । रमदान महिना सकिनासाथ रोजा सकेर इद–उल–फित्र (इद) पर्व मनाइन्छ । अब शनिबार शुरु हुने शुक्लपक्षसँगै पहिलो दिन चन्द्रमा दर्शन गरेर भोलिपल्ट इद मनाउने इस्लाम परम्परा छ । यसरी इस्लाम धर्मावलम्बी इदको तयारीमा रहेकै बेला यसपटक हिन्दू परम्पराको वट–सावित्री (बर्साइत) पर्व परेको हो ।
अघि सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले आजकै दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । ज्येष्ठकृष्ण चतुर्दशीका दिन चोखोनितो खाई व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजीकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रुपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।
व्रतालुले ज्येष्ठशुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने कोरोना सन्त्रास छल्न जारी लकडाउनभित्रै इस्लाम धर्मावलम्बीले रमदानको नमाज (प्रार्थना) घरघरै गरेजस्तै मिथिलानीले पनि घरघरमै बर्साइत मनाउने तयारी गरेका छन् । पर्वमा वरको रुखको महत्व हुने हुँदा घरमै गमलामा सजाइएको वरको बिरुवामा पूजा गर्ने तयारी देखिएको छ ।
नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने व्रत परम्परा छ । साथीसँगीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि बटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, हँसीमजाक र घरायसी दुःखसुख एकार्कालाई सुनाउने अवसरसमेत हुने गरे पनि यसपालि भने लकडाउनभित्र पर्व मनाउनु परेकाले घरघरै छुट्टाछुट्टै पर्व विधि सम्पन्न गर्नुपरेको भङ्गहा ४ की प्रीति कर्ण बताउँछन् ।
मिथिलामा केही वर्ष पहिलेसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने यो पर्व अब सबै जातजातिले मनाउन थालेको देखिन थालेको छ । मिथिलामा पछिल्लो समय विभिन्न जातजातिको छ्यासमिसे बस्ती बढ्ने क्रमले एकार्काको संस्कृति एवं परम्परा सिक्ने क्रममा यो पर्व सबै जातजातिले मनाउन थालेको मिथिला परम्पराका जानकार तथा कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का महेशकुमार झा बताउँछन् । वटसावित्री अब पर्वते मूलका विवाहिता महिलाले पनि बाक्लै मनाइरहेका छन् । विवाहिता महिलाले मनाउने यो पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अङ्ग बनेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका सहप्राध्यापक ध्रुव राय बताउँछन् । रासस
News Desk 0 response शुक्रबार, जेष्ठ ९, २०७७

सम्बन्धित शीर्षकहरु
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



