

-
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले सांसदहरुले सोधेका सबै प्रश्नहरुको जवाफ नै दिएनन्।
जोशीलाई सांसदहरुले दुई घण्टाभन्दा बढी समय प्रश्न गरेका थिए। जोशीले सामान्य कुराहरु मात्र गर्दै १३ मिनेट मै सबै प्रश्नको जवाफ दिए ।सार्वजनिक जग्गा तथा अन्तरिम आदेशहरुका विषयमा मुद्दाहरु विचाराधीन रहेकोले आफू बोल्न नसक्ने उनले बताए ।
सर्वोच्च अदालतका प्रत्येक बहसलाई सञ्चारमाध्यमबाट लाइभ गर्नु पर्ने सांसद योगेश भट्टराईको सुझावबारे जोशीले कानुन वनाएर दिन आग्रह गरे ।
अधिकांश सांसदहरुले जोशीमाथि नैतिक प्रश्नहरु उठाएका थिए। भ्रष्टाचारदेखि बिचौलिया र अपराधीहरुसँगको साँठगाँठका विषयमा प्रश्न उठेको थियो।
बसाईँ र मुनामदन उपन्यासको उदहारण दिँदै उनले न्यायालय मात्र दोषी नभएर सबै दोषी रहेको साबित गर्न खोजे।१३ मिनेटको जवाफपछि पुनः सांसदहरुले प्रश्न गरेका थिए।
पुनः भ्रष्टाचार र जोशीको नैतिकताका विषयमा प्रश्न उठेको थियो। तर फेरि पनि जोशी पन्छिए।
जोशीमाथि उठेका व्यक्तिगत कुनै पनि प्रश्नका विषयमा उनले जवाफ दिएनन्।
News Desk 0 response बिहिबार, साउन १०, २०७५
शैक्षिक प्रमाणपत्रका विषयमा उठेको प्रश्नमाथि उनले समिति सामु एउटा सर्टिफिकेट पेश गरे। आफू पढ्दाको बखत एसएलसी सरहकै तीनवटा निकाय रहेकोले सोही कुरामा मिडियाकर्मीहरु झुक्किएको उनको दाबी थियो।

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



