

-
तनहँु । तनहँु जिल्लाको शुक्लागण्डकी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि रु.६७ करोड ७५ लाख ८१ हजार २ सय ४ रुपैंया बजेट तयार भएको छ । नगर प्रमुख किसान गुरुङको अध्यक्षता वसेको नगर सभामा उपप्रमुख सविता रसाईलीले आर्थिक वर्ष २०७५/०७६ को लागि नीति तथा कार्यक्रमसहितको बजेट नगर सभामा प्रस्तुत गरिन् ।
प्रदेश सरकारबाट नगरपालिकालाई प्राप्तहुने वित्तीय समानीकरण अनुदान रु. १ करोड २५ लाख ४५ हजार रुपैंयाँ, राजश्व वाँडफाँडको रु. ७८ लाख १९ हजार ३ सय ११ रुपैंयाँ रहेको छ । नगरको आन्तरिक आय रु. ५ करोड तथानगदमौज्दात रु. ९५ लाख ९० हजार ८ सय ९३ रुपैंया बजेटको श्रोत अनुमान गरिएको छ ।
त्यसैगरी पूर्वाधार विकासमा १२ करोड ३८ लाख रुपैंयाँ, वातावरण तथा विपत् व्यवस्थापनमा ५८ लाख रुपैंयाँ, सामाजिक विकासमा २ करोड ४१ लाख रुपैंयाँको वजेट पेश गरिएको छ । सामाजिक सुरक्षा भत्तामा ९ करोड ३० लाख रुपैंयाँ, प्रशासनिक खर्चमा रु. ६ करोड ७५ लाखविनियोजन गरिएको छ । संस्थागतविकास तथा सेवाप्रवाहतर्फ ४९ लाख रुपैंया विनियोजन गरिएको छ । नगरले वडास्तरीय कार्यक्रम सञ्चालनको लागि रु. ९ करोड ९९ लाख ८१ हजार २ सय ४ रुपैंया विनियोजन गरिएको छ । नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु.१४ करोड ५ लाख रुपैंया, सशर्त अनुदान रु.२४ करोड ७० लाख रुपैंया र गरीव सँग विशेश्वर कार्यक्रमको लागि रु.४ लाख रुपैंया रहेको छ । संघीय सरकारको राजश्व वाँडफाँड वापतको रु. ९ करोड ३० लाख २३ हजार रुपैंया रहेको छ ।
भूगोलको हिसावले गण्डकी प्रदेशको लगभग विच भागमा अवस्थित यो नगरपालिकामा १२ वटा वडा छन् ।
२७,१६४ जना महिला र २१,२९२ पुरुष गरी जम्मा ४८,४५६ जनसंख्याको बसोवास रहेको छ । क्षेत्रफल १६५ वर्ग किलोमिटर रहेको छ । ६५ जना निर्वाचित जनप्रतिनिधि र २२ जनाको नगर कार्यपालिका रहेको छ ।दुर्गादत्त सापकोटा
News Desk 0 response सोमवार, साउन ७, २०७५
जनप्रशासन पाक्षीकबाट

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



