

-
दुई नम्बर प्रदेश सभाका सभामुखको सचिवालयमा एक जना पनि कर्मचारी नियुक्त गरिएको जानकारी संसद सचिवालयमा छैन । तर, सभामुख सरोजकुमार यादवले भने १० जना कर्मचारीका नाममा तलव भत्ता बुझेको खुलासा भएको छ ।
कार्यालय सहयोगीदेखि सह-सचिवसम्म १० जनाको दरवन्दी रहेको प्रदेश(२ को सभामुखको सचिवालयमा अहिलेसम्म एक जना पनि नियुक्त गरिएको छैन । तर, सभामुख सरोजकुमार यादवले नियुक्ती नै नभएका कर्मचारीको नाममा तलव भत्ता भने बुझेका छन् । आफू सभामुख नियुक्त भएको माघ ३ गतेदेखिकै हिसाबमा उनले १० जनाकै पारिश्रमिक बाफत् ११ लाख रुपैयाा व्यक्तिगत खातामा जम्मा गर्न लगाएको रहस्य खुलेको छ ।प्रदेशसभाले सभामुखको सेवा सुविधा सम्वन्धी बिधेयक असार १ गते मात्रै पारित गरेको थियो । यादवले भने पााचअघि देखिकै पारिश्रमिक आफ्नो खातामा जम्मा गराएका छन् । कर्मचारीहरुको तलब व्यक्तिको खातामा जम्मा गरिनु आर्थिक कानून बिपरित रहेको कोष तथा लेखा नियन्त्रक बताउँछन् ।
सभामुखले संसद सचिवालयलाई दवाब दिएर कानुन विपरित आफ्नो खातामा रकम जम्मा गर्न लगाएको कर्मचारीहरु बताउाछन् । हुँदै नभएका कर्मचारीको तलब सभामुखले लिनुले पदकै गरिमामा प्रश्न उठेको प्रतिपक्षीको भनाइ छ ।
-अनिल मिश्र
News Desk 0 response शनिबार, असार २३, २०७५

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३



