

-
हङकङ । इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।
अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनमा यो झण्डै २० प्रतिशत गिरावट हो । सन् १९९९ यताकै यो सबैभन्दा न्यून मूल्य हो । कोरोना महामारीका कारण मागमा कमी आएपछि मूल्यमा पनि व्यापक गिरावट आएको बजार विश्लेषकहरुले बताएका छन् ।
विश्लेषकहरुका अनुसार यसै अप्रिल महिनामा विश्वका ठूला तेल उत्पादक मुलुकहरुबीच प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादन कटौती गर्ने सहमति भए पनि त्यसले बजारलाई स्थायित्व दिन सकेको देखिएन । विश्वका धेरै देशमा हाल जारी लकडाउन र यात्रा प्रतिबन्धले अर्बौं मानिस घरभित्रै बस्न बाध्य भएका कारण तेलको मागमा व्यापक कमी आएको छ ।
डब्लुटिआईको ओक्लाहोमास्थित कुसिङ तेल भण्डारणमा तेल भरिन लागेको छ । एएनजेडले मागमा कमी आएका कारण कच्चा तेलको मूल्यमा दबाब रहिरहने बताएको छ ।
इटाली, स्पेन, फ्रान्स र बेलायतमा कोरोनाभाइरसका कारण हुने दैनिक मृत्यु दर एवं संक्रमित दरमा कमी आएको बताएका छन् । युरोपका देशहरुले लकडाउनमा विस्तारै सहजीकरण गर्न योजना अघि सार्न थालेका छन् भने संयुक्तराज्य अमेरिकामा अर्थतन्त्र र बजार खुलाउन माग गर्दै प्रदर्शन पनि हुन थालेको छ ।
शेयर बजारतर्फ हङकङ, शाङघाई र सियोलको बजार ०.१ प्रतिशतले बढेको छ भने वेलिङटनको शेयर बजार ०।४ प्रतिशतले वृद्धि भएको छ । तर टोकियो शेयर बजार ०.९ प्रतिशतले घटेको छ । सिड्नी र मनिला शेयर बजार १ प्रतिशतले घटेको छ । ताइपेई, सिंगापुर र जकार्ताको शेयर बजारमा कमी आएको छ ।
लगानीकर्ताहरु वासिङ्टन डिसीतर्फ ध्यानदृष्टि लगाएका छन् जहाँ अमेरिकी कङ्ग्रेस र ह्वाइट हाउसबीच साना व्यवसायलाई मद्दत गर्नेगरी अघि सारिएको ४ खर्ब ५० अर्ब डलरको राहत प्याकेजका बारेमा छलफल जारी छ । अमेरिकी सरकारले यसअघि नै अर्थतन्त्रलाई जोगाउन २० खर्ब डलरको राहत प्याकेज घोषणा गरिसकेको छ । एएफपी
News Desk 0 response सोमवार, बैशाख ८, २०७७

सम्बन्धित शीर्षकहरु
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



