

-
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल र उपमहासचिव घनश्याम भुसाल नवगठीत नेपाल कम्युनिष्ट पार्टीमा भूमिकाहिन छन् । यी मध्ये पनि गौतम र पोखरेल सचिवालय सदस्य त छन तर पार्टीमा जिम्मेवारि केही पाएका छैनन् ।
तत्कालिन नेकपा एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्षमा जिताएर पार्टीको शक्ति केन्द्रका रुपमा उदाएका वामदेव गौतम अहिले जिम्मेवारिविहिन छन् । तीनपटक उपप्रधानमन्त्री, पार्टीका उपमहासचिव र उपाध्यक्ष भैसकेका गौतम नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य मात्र हुन । एकताको सुत्रधार तथा ओली र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मिलाउन पुलको काम गरेका उनी पार्टी एकतापछि भने किनारामा धकेलिए ।गौतम मात्र होइन पछिल्लो समय तत्कालिन एमालेमा लगतार दुई कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेललाई पनि ओलीले पार्टी कामको भूमिकाबाट पन्छाएका छन् । यस्तै एमालेका उपमहासचिव एवं युवा नेता घनश्याम भुसालको त झन एकतापछिको पार्टीमा कुनै भूमिका नै छैन ।
पार्टीको गत महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन गौतम र पोखरेलले काँध नै थापेका थिए । तर एकतापछि ओलीको नजिक अरु नै पुगेका छन् । भुसाल त झन पार्टीभित्रका स्थायी प्रतिपक्षीजस्तो भइगए ।
पोखरेल र भुसालले असन्तुष्टी जनाए पनि गौतमले भने अहिलेसम्म मुख खोलेका छैनन् । सायद उनको भूमिका अब हुने पार्टी महाधिवेशनमा खुलस्त देखिनेछ ।
ktv
News Desk 0 response बिहिबार, असार १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



