

-
नयाँदिल्ली । सन् २०१२ मा भएको निर्भया हत्याकाण्डका दोषी चारै जनालाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । विगत अढाई महिनादेखि ती चारै जनालाई दिइने फाँसीका बारेमा रहेको अन्यौल पनि मृत्युदण्डसँगै समाप्त भएको छ । अभियुक्तहरुले सन् २०१२ मा एक महिलालाई नयाँदिल्लीको सार्वजनिक बसमा साँझ सामूहिक बलात्कार गरी सडक किनारामा फालिदिएका थिए । हत्याका अभियुक्तहरु सबैलाई मृत्युदण्ड दिइनु पर्ने भन्दै नयाँदिल्ली सहित भारतका विभिन्न स्थानमा धर्ना र प्रदर्शन भएका थिए ।
अभियुक्ततर्फका वकील एपी सिंहले अन्तिम सुनुवाईका लागि गरेको आग्रहलाई खारेज गर्दै सर्वोच्च अदालतको बिहीबार अबेर राति बसेको तीन सदस्यीय इजलासले थप सुनुवाई नगर्ने फैसला गरेको थियो । पीडितका अभिभावकहरु, आमा आशादेवी र बुबा बद्रीनाथ सिंहले अभियुक्तहरुलाई मृत्युदण्ड दिइएकोप्रति खुशी व्यक्त गरेका छन् । उनीहरुले आफ्नी छोरीले आठ वर्षपछि बल्ल न्याय पाएको बताए । दिल्लीको एक अदालतले गत मार्च ५ तारिखमा चारै जना अपराधीहरु अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई तिहाड जेलमा फाँसीको सजाय दिन आदेश दिएको थियो ।
यसअघि अभियुक्त अक्षय ठाकुरले आफूलाई माफी दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनको निवेदनलाई अस्वीकार गरेको थियो । साथै, तल्लो अदालतले पनि फाँसीको सजायलाई बिलम्ब गर्न अस्वीकार गर्दै तोकिएकै मितिमा सजाय दिन आदेश दिएको थियो । त्यसपछि उनीहरुका तर्फबाट बिहीबार साँझ दिल्ली उच्च अदालतमा निवेदन दिइएको थियो । उच्च अदालतले पनि निवेदनमाथि केही गर्न नसक्ने फैसला सुनाएको थियो ।
अन्ततः, अभियुक्तहरुका वकील सर्वोच्च अदालत पुगेर मुद्दामाथि तत्काल सुनुवाई गर्न अनुरोध गरे । तर बिहीबार मध्यराति अर्थात् शुक्रबार बिहान २.३० बजे बसेको सर्वोच्च अदालतको तीन सदस्यीय इजलासले उक्त निवेदनलाई खारेज गरिदिएपछि फाँसीको सजाय दिन बाटो खुलेको थियो । सर्वोच्च अदालतमा करिब आधा घण्टा सुनुवाई भएको थियो । न्यायाधीशहरु आर बानुमथी, अशोक भुषण र जेएएस बोपानाले अभियुक्तहरुका तर्फबाट दिइएको निवेदन अस्वीकार गरेका थियो । इजलासले अभियुक्तका वकीलले दिएको निवेदनमा विगतमा विभिन्न अदालत समक्ष प्रस्तुत गरेका उही पुरानै कुरा दोहोरिएको र राष्ट्रपतिबाट माफी पाउनुपर्ने उचित कारण प्रस्तुत हुन नसकेको ठहर गरेको थियो ।
यी चारै जनाले २३ वर्षीया एक विद्यार्थीलाई डिसेम्बर १६, २०१२ मा दक्षिणी दिल्लीमा गुडिरहेको सार्वजनिक बसमा सामूहिक बलात्कार गरी निर्ममतापूर्वक कुटपिट गरेका थिए । शुरुमा दिल्लीस्थित सफदरजङ अस्पतालमा उपचार गरिए पनि अन्तिममा सिंगापुरस्थित एक अस्पतालमा उपचारकै क्रममा ती विद्यार्थीको निधन भएको थियो । एएनआई
News Desk 0 response शुक्रबार, चैत्र ७, २०७६

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



