

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन बुधवार चीनको शेन्जेन पुगेका छन् । उनको यो सन् २०२६ मा चीनको दोस्रो भ्रमण हो।
यसअघि मे महिनामा उनले बेइजिङको राजकीय भ्रमण गरेका थिए । मे महिनाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दुई देशको सम्बन्धलाई रणनीतिक स्थिरतासहित रचनात्मक दिशामा अघि बढाउने सहमति भएको थियो । यसपटकको भ्रमणमा पनि दुई नेताबीच द्विपक्षीय शिखर बैठक हुने अपेक्षा गरिएको छ। यस वर्ष दुई नेताबीच हुन लागेको यो तेस्रो शिखर भेट हुनेछ । ट्रम्पको चीन भ्रमण अमेरिकी घरेलु राजनीतिका दृष्टिले पनि महत्वपूर्ण समयमा भएको छ । करिव दुई साताअघि सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले निर्णायक पराजय व्यहोरेपछि उन पहिलोपटक चीन भ्रमणमा निस्केका हुन् । यसले अमेरिकी आन्तरिक राजनीतिक दबाबका बीच ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय कूटनीतिलाई कसरी अघि बढाउँछ भन्ने चासो बढाएको छ ।
नोभेम्बर १८ र १९ मा आयोजना हुने दुईदिने एपेक शिखर सम्मेलनमा एशिया–प्रशान्त क्षेत्रका २१ सदस्य अर्थतन्त्रका नेताहरू सहभागी हुँदैछन् । सम्मेलनको औपचारिक आर्थिक तथा क्षेत्रीय सहकार्यको एजेन्डासँगै यसपटक विश्वका प्रमुख शक्तिराष्ट्रका नेताहरूबीच हुने उच्चस्तरीय कूटनीतिक भेटवार्ताले विशेष महत्त्व पाएको छ । यसैक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नोभेम्बर १९ मा त्रिपक्षीय शिखर बैठक हुने कार्यक्रम छ । चीनको विदेश मन्त्रालय, ह्वाइट हाउस र क्रेमलिनले बैठकको पुष्टि गरिसकेका छन् । तीन आणविक शक्तिराष्ट्रका प्रमुखहरूबीच हुन लागेको यो पहिलो प्रत्यक्ष त्रिपक्षीय शिखर बैठक हुनेछ ।
बैठकमा विश्वको आणविक हतियार नियन्त्रण तथा न्यूनीकरण, इरानसँगको जारी द्वन्द्व र अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्पले आणविक हतियारको प्रसार रोक्ने तथा अमेरिका, चीन र रुसबीच आणविक हतियार न्यूनीकरणको विषयलाई प्राथमिकतामा राख्ने संकेत गरेका छन् । यद्यपि युक्रेन युद्धको विषयमा त्रिपक्षीय बैठकमा कति छलफल हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । चीनले युक्रेन युद्धलाई युरोपेली सुरक्षासँग सम्बन्धित विषयका रूपमा हेर्दै आएको छ ।
इरानसँगको जारी द्वन्द्व र युक्रेनमा भइरहेको शान्ति वार्ताले पनि यसपटकको एपेक सम्मेलनको कूटनीतिक वातावरणलाई प्रभावित गर्ने देखिएको छ । यद्यपि यी विषय सम्मेलनका औपचारिक आर्थिक एजेण्डा नभए पनि विश्वका प्रमुख नेताहरूबीच हुने भेटवार्तामा छलफलको विषय बन्ने अपेक्षा गरिएको छ ।
यसैबीच, ट्रम्पले फिलिपिन्सको मनिलामा पत्रकारहरूसँग कुरा गर्दै उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेट हुन सक्ने सम्भावना पनि व्यक्त गरेका थिए । उनले किमसँग भेट्ने इच्छा देखाउनुभएको भए पनि त्यस्तो भेटको औपचारिक कार्यक्रम सार्वजनिक भएको छैन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि उत्तर कोरियासँग संवाद आवश्यक रहेको बताएका छन् ।
एपेक सम्मेलनका क्रममा हुने ट्रम्प–सी द्विपक्षीय वार्ता र सी–ट्रम्प–पुटिन त्रिपक्षीय बैठकलाई अहिलेको विश्व राजनीतिमा प्रमुख शक्तिराष्ट्रहरूबीचको सम्बन्ध व्यवस्थापन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । व्यापार तथा प्रविधि प्रतिष्पर्धा, आणविक हतियार नियन्त्रण, इरान र युक्रेनका द्वन्द्व तथा एशिया–प्रशान्त क्षेत्रको सुरक्षा व्यवस्थासम्बन्धी विषयले यी भेटवार्ताको परिणामलाई विशेष चासोका साथ हेरिएको छ ।
News Desk 0 response बुधबार, मंसिर ३, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


