

-
काठमाडौं : भारतीय मूलकी नित्या रमन लस एन्जलसको मेयरमा निर्वाचित हुँदै इतिहास रचेकी छन् । केरलमा जन्मिएकी रमन अमेरिकी सहर एन्जलसको पहिलो भारतीय–अमेरिकी तथा पहिलो दक्षिण एसियाली मेयर बनेकी छन् ।
लस एन्जलस काउन्टीको पछिल्लो अनौपचारिक नतिजाअनुसार रमनले चार लाख ६० हजार ७७२ मत ९५२।७० प्रतिशत० प्राप्त गरेकी छन् भने वर्तमान मेयर केरेन बासले चार लाख १३ हजार ५१९ मत ९४७।३० प्रतिशत० पाएकी छन् । बासले हार स्वीकार गर्दै रमनलाई बधाई दिएकी छन् र सत्ता हस्तान्तरण सहज बनाउने प्रतिबद्धता जनाएकी छन् ।
सन् २०२० मा लस एन्जलस सिटी काउन्सिलमा निर्वाचित रमनले चुनावी अभियानमा किफायती आवास, घरबारविहीनको समस्या, सार्वजनिक सेवामा सुधार र प्रहरी व्यवस्थापनलाई प्रमुख मुद्दा बनाएकी थिइन् ।
हार्वर्ड विश्वविद्यालयबाट स्नातक र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)बाट सहरी योजनामा स्नातकोत्तर गरेकी रमन राजनीतिमा आउनुअघि घरबारविहीनका लागि काम गर्ने संस्था ‘सेलाह नेबरहुड होमलेस कोएलिसन’ की सहसंस्थापक थिइन् । निर्वाचित भएपछि उनले लस एन्जलसको आगामी मेयर बन्न पाउनु ठूलो सम्मान भएको बताइन् ।
रमनको भारतसँगको सम्बन्ध पारिवारिक पृष्ठभूमिमा मात्र सीमित छैन । सन् १९८१ मा केरलको थ्रिशुरमा जन्मिएकी उनले ६ वर्षको उमेरमा परिवारसँग अमेरिका बसाइँ सर्नुअघि बाल्यकालको केही समय केरलको थिरुवनन्तपुरममा बिताएकी थिइन् । उनका बुबा भेन्किटरमनले केल्ट्रन र आमा सुधा केचेरीले इन्डियन ओभरसिज बैंकमा काम गरेको बताइएको छ ।
सन् २००३ मा हार्वर्ड विश्वविद्यालयमा अध्ययन पूरा गरेपछि रमन दिल्ली पुगेकी थिइन् । त्यहाँ उनले सुकुम्बासी तथा अनधिकृत बस्तीका बासिन्दाको प्रतिनिधित्व गर्ने संस्थाहरूसँग काम गरेकी थिइन् । कमनवेल्थ खेलकुदको तयारीका क्रममा निष्कासनको जोखिममा परेका दिल्लीका बस्तीवासीसँग पनि उनले नजिकबाट काम गरेकी थिइन् ।
रमनले न्युयोर्क सिटीका मेयर जोहरान ममदानीसँग आफ्नो तुलना गरिनुलाई धेरै हदसम्म स्वीकार गरेकी छन् । तर, आफूलाई ममदानीको ‘वेस्ट कोस्ट संस्करण’का रूपमा चित्रण गरिएको भने अस्वीकार गरेकी छन् । ‘भ्यानिटी फेयर’ सँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, “म फरक छु । म आफैँ हुँ ।”
चुनाव प्रचार अभियानमा घरबारविहीनको समस्या प्रमुख मुद्दा बनेको थियो । यस विषयमा मतदाताको चिन्ता र उम्मेदवारका प्रतिबद्धता चुनावी बहसका केन्द्रमा रहेका थिए ।
News Desk 0 response शुक्रबार, कार्तिक २१, २०८३

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


