

-
भारतको मुख्य विपक्षी गठबन्धन ‘इन्डिया ब्लक’ ले निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध नयाँ दिल्लीमा विशाल विरोध प्रदर्शन गरेको छ ।
‘चलो दिल्ली’ अभियानअन्तर्गत रामलीला मैदानमा आयोजित सभामा १०औँ हजार नागरिकको सहभागिता थियो ।
सभालाई सम्बोधन गर्दै कंग्रेस नेता राहुल गान्धीले चुनावमा धाँधली र अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त जेल जाने दाबी गर्नुभयो ।
भोट बचाओ, देश बचाओ नाराका साथ आयोजना गरिएको प्रदर्शनमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीलगायत शीर्ष नेताहरूको उपस्थिति थियो ।
गएको वर्ष बिहारसहित विभिन्न राज्यमा लागू गरिएको ’विशेष गहन पुनरावलोकन’ का क्रममा झन्डै १३ करोड मतदाताको नाम हटाइएपछि विपक्षीहरू रुष्ट बनेका हुन् । आयोगले दोहोरिएका र मृतकका नाम हटाइएको दाबी गरे पनि विपक्षीहरूले भने अल्पसङ्ख्यक र भारतीय जनता पार्टी ९भाजपा० इतरका मतदातालाई लक्षित गरिएको आरोप लगाएका छन् ।
भर्खरै दुई निर्वाचन आयुक्तले मुख्य आयुक्तका निर्णयमा असन्तुष्टि जनाएको प्रतिवेदन सार्वजनिक भएपछि यो विवाद झनै उग्र बनेको छ ।
प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै सरकारले दिल्लीमा १० हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको छ ।
News Desk 0 response आइतवार, कार्तिक १६, २०८३

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा..
आइतवार, कार्तिक १६, २०८३ -
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा..
आइतवार, कार्तिक १६, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३
-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३


