

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अमेरिकी मतदाताले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई धक्का दिएका छन्।
मंगलबार सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने प्रक्षेपण गरिएको छ भने सिनेटमा पनि आवश्यकताभन्दा दोब्बर सिट जित्दै नियन्त्रण आफ्नो हातमा लिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार निर्वाचनमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनको पकडमा रहेका २० भन्दा बढी प्रतिनिधिसभा सिट आफ्नो पक्षमा पारेको छ। केन्टकी, न्यु जर्सी र नर्थ क्यारोलिनालगायत राज्यमा डेमोक्रेटिक उम्मेदवारले सफलता हासिल गरेका छन्।
सिनेटमा भने डेमोक्रेटिक पार्टीले रिपब्लिकनका आठ सिट आफ्नो पक्षमा पारेको दाबी गरिएको छ। रोय कुपर, एनी एन्ड्र्युज, शेरोड ब्राउन, एडम ह्यामिल्टन, अब्दुल एल–सयद, ट्रोय ज्याक्सन, जेम्स टालारिको र जोस टुरेकले रिपब्लिकन उम्मेदवारलाई पराजित गरेको विवरणमा उल्लेख छ।
यसपटकको निर्वाचनमा ट्रम्प प्रशासनको आर्थिक व्यवस्थापन र इरानसँग सुरु गरेको युद्धप्रति मतदाताको असन्तुष्टि प्रमुख कारणका रूपमा देखिएको छ। इरानसँगको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढेपछि सर्वसाधारणको जीवनयापन थप महँगो बनेको थियो। यही असन्तुष्टि मतमार्फत व्यक्त भएको विश्लेषण गरिएको छ।
निर्वाचन परिणामपछि राष्ट्रपति ट्रम्पले नतिजा स्वीकार गर्ने बताएका छन्। यद्यपि, रिपब्लिकन पार्टीको पराजयमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको तर्क गर्दै आफू निर्वाचनको उम्मेदवार नभएको कारण पार्टीले हार बेहोर्नुपरेको उनको भनाइ छ।
डेमोक्रेटिक पार्टीको यो सफलताले ट्रम्प प्रशासनका आगामी नीतिगत निर्णय, विधायिकी कार्यक्रम तथा सरकारमाथिको संसदीय निगरानीमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।
News Desk 0 response बुधबार, कार्तिक १९, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३ -
मध्यावधि निर्वाचनमा ट्रम्पलाई झट्का, दुवै सदनमा डेमोक्रेटको..
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३
-
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३ -
मध्यावधि निर्वाचनमा ट्रम्पलाई झट्का, दुवै सदनमा डेमोक्रेटको..
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३


