

-
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको छ।
आठबिसकोट नगरपालिका–५ निवासी पुन मगरले एबी राई(आङबाबु राई)को नामबाट नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा रहेको बताउने व्यक्तिविरुद्ध उजुरी दिएका थिए।
उजुरीमा सहकारीबाट लिएको ऋण फिर्ता माग्दा आफू डीआईजी भएको र उजुरी मिलाइदिने भन्दै ४० लाख रुपैयाँमध्ये १५ लाख नगद तथा कान्छी श्रीमतीको नाममा थप चेक लिएको र धम्की दिँदै रकम माग गरिरहेको आरोप लगाइएको थियो।
उक्त उजुरीमाथि अनुसन्धान गर्दा आङबाबु राईले आफूले उजुरी नदिएको र त्यसमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको भनी सनाखत गरेका थिए।
त्यसपछि आयोगले गरेको अनुसन्धानका क्रममा पुन मगरले २०८३ असार १७ गते दिएको बयानमा आङबाबु राईको नामबाट आफूले नै उजुरी दर्ता गराएको स्वीकार गरेका थिए।
आयोगका अनुसार अनुसन्धानका क्रममा पुन मगर र आङबाबु राई दुवैले उजुरीमा उल्लेख भएजस्तो कुनै घटना नभएको, कसैले धम्की नदिएको र मुद्दा मिलाइदिने भन्दै रकमसमेत नमागिएको बयान दिएका थिए।
अनुसन्धानबाट सम्बन्धित व्यक्तिको जानकारी र स्वीकृतिबिना नाम तथा हस्ताक्षर प्रयोग गरी हैरानी दिने बदनियतले झुट्टा उजुरी दिएको पुष्टि भएपछि पुन मगरलाई जरिवाना गरिएको आयोगले जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०४८ को दफा ४९ लगायत प्रचलित कानुनबमोजिम दुई हजार रुपैयाँ जरिवाना गरेको हो ।
News Desk 0 response बिहिबार, अशोज २९, २०८३

सम्बन्धित शीर्षकहरु
-
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब..
बिहिबार, अशोज २९, २०८३ -
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३
-
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब..
बिहिबार, अशोज २९, २०८३ -
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३


