

-
काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कर्मचारी पदस्थापन र सरुवाको निर्णयले कर्मचारी व्यवस्थापनमा विभेद भएको प्रश्न उठाएको छ । राजनीतिक दलनिकट कर्मचारी ट्रेड युनियनका पदाधिकारी तथा नेताहरूको पदस्थापनमा फरक व्यवहार गरिएको छ ।
पशु सेवा विभागको २०८३ असोज १५ गतेको निर्णयअनुसार गरिएको सरुवा तथा पदस्थापनमा नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक बहादुर रावलको पदस्थापन काठमाडौंमै गरिएको छ । रावलको कर्मचारी संकेत नम्बर १५९३५२ रहेको छ । उनी हाल पशु क्वारेन्टाइन कार्यालय, काठमाडौंमा कार्यरत थिए । पदस्थापनपछि पनि उनलाई काठमाडौंमै रहेको पशु क्वारेन्टाइन कार्यालयमा राखिएको छ । उनको पद पशु स्वास्थ्य प्राविधिक हो ।
News Desk 0 response शुक्रबार, अशोज १६, २०८३
रावल लामो समयदेखि उपत्यकाबाहिर पदस्थापन नभएका कर्मचारी हुन् । उनी नेपाल निजामती कर्मचारी युनियनका महासचिवसमेत हुन् । पछिल्लो पदस्थापनमा कतिपय कर्मचारीलाई उपत्यकाबाहिर पठाइएको छ । तर ट्रेड युनियनमा नेतृत्व गर्ने कर्मचारीलाई भने ‘उपत्यकाबाट उपत्यकामै’ पदस्थापन गरिएको भन्दै निर्णयको निष्पक्षतामाथि प्रश्न उठेको हो ।
कर्मचारी व्यवस्थापनमा कार्यसम्पादन, आवश्यकता, सेवा अवधि र संस्थागत हितलाई आधार मानिनुपर्ने भए पनि राजनीतिक दलनिकट ट्रेड युनियनका प्रभावशाली कर्मचारीको हकमा भने फरक मापदण्ड अपनाइएको हो कि भन्ने प्रश्न कर्मचारीहरूले उठाएका छन् । काठमाडौंमा कार्यरत कर्मचारीलाई काठमाडौंमै, विशेषगरी प्रभावशाली ट्रेड युनियन नेताहरूलाई उपत्यकामै राख्ने र अरू कर्मचारीलाई भने उपत्यकाबाहिर पठाउने प्रवृत्ति कायम रहे कर्मचारी सरुवा प्रणालीको निष्पक्षतामाथि प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।

सम्बन्धित शीर्षकहरु
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



