

-
काठमाडौं : पुर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्राउलाई लिएर सर्वोच्च अदालतको फूलकोर्टमा भएको छलफलमा न्याय सम्पादनमा ‘बाह्य प्रभाव र हस्तक्षेप’ बारे गम्भीर छलफल भएको पाइएको छ ।
फूलकोर्ट बैठकमा संलग्न सर्वोच्चका न्यायाधीशहरुले पूर्वप्रधानन्यायाधीश राणालाई मध्यरातमा पक्राउ गरिएको विषयमा सरकारको आलोचनासँगै न्यायमा बाह्य हस्तक्षेप भएको भन्दै चर्को स्वरमा प्रश्न उठाएका थिए । सोमबार ९असोज १२० सर्वोच्चमा बहाल प्रधानन्यायाधीशसहित १७ न्यायाधीशमध्ये विनोद शर्माबाहेक सबै फूलकोर्ट छलफलमा सहभागी थिए ।
छलफलमा सहभागी एकजना न्यायाधीशका अनुसार न्याय सम्पादनमा ‘बाह्य हस्तक्षेप’ को विषयले धेरै समय लिएको थियो । पक्राउ पूर्जीबिना यथोचित कारण समेत नखोली पक्राउ गरेर भोलिपल्ट छाडिएको बिषयमा समेत गंभिर सरोकार जनाइएको थियो ।
‘‘पुर्वप्रधानन्यायाधीशलाई रातीमा पक्राउ गरेको बिषयमा पनि आलोचना र टिप्पणीहरु आए । यो त भइ नै हाल्यो । यस बाहेक सबै भन्दा मुख्य कुरा श्रीमान्हरुबाट बाह्य हस्तक्षेप र प्रभाव बढेको कुरा आएको थियो,’’ ति न्यायाधीशले बाह्रखरीसँग भने, ‘‘प्रस्तुति आआफ्ना रहे पनि सारमा न्यायायाधीशहरु भय र त्रासमा बस्नुपरेको कुरा पनि उठ्यो । पाँच बजेबाट बसेको बैठक आठ बजेपछि उठ्यो भनेपछि कतिसम्म छलफल भए होला रु श्रीमान्हरुले आफ्नो सरोकार प्रश्ट ढंगले राख्नुभयो ।’’
जुनसुकै आवरणमा भए पनि बाह्य हस्तक्षेपको प्रतिबाद गर्न पहिले न्यायपालिका नेतृत्वमा रहेका प्रधानन्यायाधीशबाटै काम हुनुपर्ने कुरा न्यायाधीशहरुले राखेका थिए ।
‘‘स्वतन्त्र न्यायपालिका कायम राख्न दह्रो ढंगले खुट्टा टेक्नु पर्यो, पछि हामी छौं भनेर बल दिएका छौं,’’ कुराकानीमा ति न्यायाधीशले भने ।
छलफलमा न्यायपालिका सरकारको छायामा परेको विषयमा प्रस्ट कुरा आए पनि हस्तक्षेपका लागि बाह्य तत्व को–को हुन् भनेर सांकेतिक रुपमा कुरा उठेको थियो । सत्तारुढ दल र पुर्वप्रधानन्यायाधीश तर्फ पनि सांकेतिक रुपमा न्यायाधीशहरुले प्रश्न उठाएका थिए ।
सहभागी अर्का न्यायाधीशका अनुसार सरकारसँगै कतिपय न्यायायाधीशहरुले पुर्वप्रधानन्यायाधीश राणाका गतिविधिलाई लिएर समेत फूलकोर्टमा गंभिर प्रश्न उठाएका थिए । ति न्यायाधीशले भने अनुसार मध्यरातमा राणालाई पक्राउ गरिएको विषय गैरकानुनी रहेकोमा फूलकोर्टमा कसैको विमति थिएन । तर पूर्वप्रधानन्यायाधीशको अस्वाभाविक सक्रियता बढेको भन्दै टिकाटिप्पणी उठेकोबारे छलफलमा प्रश्न उठेको थियो ।
न्यायमा बाह्य हस्तक्षेपबारे न्यायाधीशहरुबाट गम्भीर चासो र चिन्ता व्यक्त भएपछि उक्त विषयलाई फूलकोर्ट बैठकपछि जारी सर्वोच्चको प्रेस विज्ञप्तिमा समेत प्रमुखताका साथ उठाइएको थियो ।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले सोमबार राति नौ बजे जारी गरेको विज्ञप्तिमा ‘बाह्य वा आन्तरिक प्रभाव’ बारे बोलिएको छ । न्यायमा कुनै पनि प्रकारको प्रभावलाई किञ्चित पनि स्थान नदिने भन्ने व्यहोरा उल्लेख गरिएको छ ।
‘‘न्याय सम्पादन लगायतका हरेक कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई किञ्चित पनि स्थान नदिइने कुराको आम नागरिक समक्ष यो पूर्ण बैठक विश्वास दिलाउन चाहन्छ,’’ विज्ञप्तिमा भनिएको थियो । विज्ञप्तिमा आएको विषय ‘युनानिमस’ रहेको बताउँदै सहभागी न्यायाधीशले भने, ‘‘नोट अफ डिसेन्ट कसैको छैन । एकजना श्रीमान् बाहिर भएका कारण उपस्थित हुनुहुन्थेन । विज्ञप्तिमा परेको भाषा सामुहिक सहमतिकै हो ।’’
छलफलमा भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतमा समेत बाह्य हस्तक्षेप बढेको कुरा समेत उठान भएको थियो ।
यस विषयमा तत्काल ‘एक्सन’ मा जानुपर्ने भन्दै सुझाइएको थियो । एक साताअघि न्याय सम्पादनकै क्रममा कठिनाइ र असहज भएको गुनासो लिएर विशेषकै न्यायाधीशहरु प्रधानन्यायाधीशकहाँ डेलिकेसन नै गएको विषय बाहिरिएको थियो ।
यसबाहेक साथै, संवैधानिक इजलास गठनमा समेत तजविजी भएको भन्दै कतिपय ‘सिनियर’ न्यायाधीशहरुले प्रधानन्यायाधीशको ध्यानाकर्षण समेत गराएका थिए । बैठकमा तीन घण्टासम्म ‘गर्मागर्मी’ छलफल भएपछि प्रधानन्यायाधीश डा।मनोज शर्माबाट स्वतन्त्र न्यायपालिका जोगाउन कोही कसैसँग सम्झौता नहुने भनाइ आएको जनाइएको छ ।
शर्माले आफु न्यायमा सुधारमा लागिपरेको बताउँदै फूलकोर्ट छलफलमा उठेका विषयलाई हृदयङगम गरेर अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।
News Desk 0 response मङ्लबार, अशोज १३, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



