• काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्द दायर भएको रिट निवेदन खारेज गरेको छ ।

    सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ । महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सनपट्टालगायतका कुनै सुविधा पाएका थिएनन ।

    अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै थिए। यससँगै जबराले पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने पेन्सनपट्टालगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो ।

    प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारङ्गा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।