

-
काठमाडौं : नेपालले राष्ट्रिय परिचयपत्र (एनआईडी)का आधारमा नेपालीलाई प्रवेश दिन भारत सरकारलाई अनुरोध गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नागरिकता र पासपोर्टसँगै राष्ट्रिय परिचयपत्रका आधारमा पनि नेपालीलाई आउजाउ गर्न दिन भारतलाई अनुरोध गरेको हो ।
“हामीले दुई साताअघि गृह मन्त्रालयबाट परराष्ट्र हुँदै भारतलाई राष्ट्रिय परिचयपत्रका आधारमा पनि प्रवेश दिन भारतलाई अनुरोध गरेका छौँ । उताबाट जवाफ आउन बाँकी छ,” अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले बताए।
नेपाल र भारतबीच खुला सीमाना रहँदै आएको छ । नेपाली र भारतीयलाई एकअर्काको देशमा आवतजावत गर्दा भिसा पनि आवश्यक पर्दैन । नेपाली नागरिकले नागरिकता वा पासपोर्टमध्ये एक देखाएर भारत प्रवेश पाउँदै आएका छन् ।
तर, अबदेखि तेस्रो कागजात राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन नेपालले भारतलाई अनुरोध गरेको हो । भारतले यसलाई स्वीकारे नेपाली नागरिकहरू तीनवटा परिचयपत्र ९नागरिकता, पासपोर्ट र एनआईडी० मध्ये एउटा देखाएर भारत आउजाउ गर्न सक्नेछन् ।
निर्देशक ढकालका अनुसार, गत साता विभागमा काठमाडौंस्थित भारतीय दूतावासका सम्बन्धित अधिकारीलाई बोलाएर यसबारेमा छलफल पनि भएको थियो । छलफलमा राष्ट्रिय परिचयपत्रका आधारमा पनि भारत प्रवेश गर्नको लागि सहजीकरण गरिदिन अनुरोध गरिएको थियो । “छलफलमा भारतीय पक्ष निकै सकारात्मक भएको पाएका छौँ,” निर्देशक ढकालले भने ।
News Desk 0 response आइतवार, साउन १०, २०८३

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



