

-
काठमाडौं : सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।
मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिवार र आइतवार २ दिन बिदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्यसचिव कार्कीले हस्ताक्षर गरेको २२ बुँदे निर्णयमा उल्लेख छ ।
बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले दरबन्दी कटौतीपछि बढी हुने कर्मचारीहरूलाई आवश्यकताअनुसार सङ्घीय, प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ ।
नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो ।
सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि सङ्घीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढाउने निर्णय पनि गरेका छन् ।
जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज, सरल र बिचौलियामुक्त बनाउने प्रतिबद्धतासहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनुपर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ ।
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलो पटक सचिवहरूको बैठक बसेको हो ।
News Desk 0 response सोमवार, साउन ४, २०८३

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
वैज्ञानिकहरूले पृथ्वीजस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए
मङ्लबार, साउन ५, २०८३ -
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको..
मङ्लबार, साउन ५, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३
-
वैज्ञानिकहरूले पृथ्वीजस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए
मङ्लबार, साउन ५, २०८३ -
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको..
मङ्लबार, साउन ५, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३



