

-
काठमाडौं : चालू आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार साउनदेखि वैशाखको अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । १० महिनामा रेमिट्यान्स आप्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा ४१ दशमलव २ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकका अनुसार वैशाखमा मात्रै कीर्तिमानी २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसअघि एक महिनामा यति धेरै रेमिट्यान्स भित्रिएको थिएन ।
राष्ट्र बैंकका अनुसार वैशाखसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड पुगेको छ । गएको वर्ष यस्तो आप्रवाह १० दशमलव ६ प्रतिशतले बढेको थियो ।
यस्तै १० महिनामा वैदेशिक रोजगारीका लागि ३ लाख ३५ हजार ५१० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३६४ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ८० हजार ३१४ जना रहेको थियो ।
यस्तै १० महिनामा विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघेको छ । गएको असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति ३८ दशमलव ३ प्रतिशतले बढेर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड पुगेको छ । असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड थियो ।
यस्तै १० महिनामा शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो ।
यस्तै वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति झन्डै दोब्बरले बढेर ५ दशमलव ०४ प्रतिशत पुगेको छ । गएको वर्षको वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति २ दशमलव ७७ प्रतिशत रहेको थियो ।
News Desk 0 response मङ्लबार, जेष्ठ २६, २०८३

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन : सरकारका प्रवक्ता
शुक्रबार, जेष्ठ २९, २०८३
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
बिहिबार, जेष्ठ २८, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



