

-
काठमाडौं : नयाँ वर्ष २०८३ को पहिलो महिना बैशाखमा देशभर घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि भएको देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार बैशाख महिनामा देशभरका भूमि प्रशासन कार्यालयमार्फत ५८ हजार ८ सय ८६ वटा घरजग्गा कारोबार सम्पन्न भएका छन्।
यो संख्या अघिल्लो महिना चैतको तुलनामा ६।०४ प्रतिशतले बढी हो। चैत महिनामा ५५ हजार ५ सय ३१ वटा कारोबार भएका थिए। यस्तै, गत वर्षको यही अवधिसँग तुलना गर्दा पनि घरजग्गा कारोबार १२।३४ प्रतिशतले बढेको देखिएको छ। गत वर्ष बैशाखमा ५२ हजार ४ सय १५ वटा कारोबार भएको थियो।
कारोबारसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि वृद्धि भएको छ। चैत महिनामा घरजग्गा कारोबारबाट ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने बैशाखमा यो रकम बढेर ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
घरजग्गा कारोबारबाट सरकारले सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व संकलन गर्दै आएको छ। विभागका अनुसार बैशाख महिनामा सेवा करबाट मात्रै ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ राजस्व उठेको छ। त्यसैगरी रजिस्ट्रेसन दस्तुरबाट ३३ करोड १९ लाख रुपैयाँ तथा पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलन भएको जनाएको छ।
News Desk 0 response आइतवार, जेष्ठ ३, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



