

-
काठमाडौं : भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ । भारतको वाणिज्य विभागले हिजो सूचना निकालेर चिनी निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको हो ।
सूचना अनुसार भारतले तत्काल लागू हुने गरी चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । योसँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । तर नेपाली चिनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउँछन् ।
आयात नभए पनि कम्तीमा आउँदो मङ्सिर–पुससम्म चिनीको आपूर्तिमा कुनै असर नपर्ने नेपाली चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताउनुभयो । उहाँका अनुसार यसपालि क्रसिङ सिजनमा नेपालमा २ लाख मेट्रिक टन उत्पादन भएको छ भने सरकारी तथ्याङ्कअनुसार नै ७५ हजारदेखि ८० हजार मेट्रिक टन आयात भइसकेको छ ।
नेपालमा चिनीको मूल्यवृद्धि अरू खाद्यवस्तुको मूल्यवृद्धिको तुलनामा एकदमै कम हुने गरेको अध्यक्ष अग्रवालको भनाइ छ ।
दशैँ र तिहारजस्ता चाडपर्वका बेला नेपालमा चिनीको मूल्यवृद्धि र कृत्रिम अभाव देखिने गुनासो आए पनि अरू बेला त्यस्तो समस्या हुँदैन ।
प्रशोधित चिनी हालेको खानेकुरा धेरै खाँदा शरीरलाई हानी पुर्याउने भएकोले यसको प्रयोग घटाउन स्वास्थ्यकर्मीहरू सल्लाह दिन्छन् ।
News Desk 0 response बिहिबार, बैशाख ३१, २०८३

सम्बन्धित शीर्षकहरु
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



