• काठमाडौं : राष्ट्रिय योजना आयोगले ८ वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ ।

    आयोगको पछिल्लो बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडक, खुलालु–सल्लिसल्ला सडक र त्यसअन्तर्गतका ट वटा पुल, कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा–सिमकोट) सडक, लेले भारदेव–चन्दपुर ठूला दुर्लुङ सडक, भेरी कोरिडोर (जाजरकोट–दुनै–मरिम–तिन्जे–धो) रिम्ना सडक खण्डका १४ वटा पुल, रोल्पामा रहेको शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिसश गरेको हो ।

    भौतिक पूर्वाधार मन्त्रालयबाट जम्मा बहुवर्षीय स्रोत सहमतिका लागि ९ अर्ब ९० करोड रुपैयाँ प्रस्ताव भएको थियो । शहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न ५३ वटा आयोजनाका लागि पनि ३ अर्ब ८१ करोड ७ लाख रुपैयाँ बहुवर्षीय स्रोत सहमतिका लागि सिफरिश भएको छ ।

    आयोगले नरदेवीमा रहेको आयुर्वेद चिकित्सालय (ब्लक बी), लगनखेलमा रहेको मानसिक अस्पताल, अछाम जिल्ला अस्पताल र प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधासहितको १०० शय्याका आयुर्वेद अस्पताल भवन निर्माणका लगि शुरू विनियोजन रकमको ४ गुणाभन्दा धेरै नहुने गरी स्रोत सहमतिका लागि अर्थमा सिफारिश गरेको छ ।